९ सय ९९ मा मोबाईल सेट


स्पाइस नेपाल प्रालि (एनसेल) बागमती बाहेक १३ अञ्चललाई लक्षित गरी अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा ह्यान्डसेट बिक्री गर्ने भएको छ । ९ सय ९९ रुपैयाँ (करबाहेक) मा सादा र १ हजार १ सय ९९ रुपैयाँमा (करबाहेक) मा रंगिन सेट मंगलबारदेखि बिक्री गर्ने भएको हो ।
यी दुवै प्रकारका सादा र रंगिन सेट किन्दा एन–सेलको सिमकार्डसहित ग्राहकले ९९ रुपैयाँ बराबरको टकटाइम पाउने कम्पनीले जनाएको छ ।
बागमती बाहेक अन्य १३ अञ्चलका सामान्य र मध्यमवर्गलाई  लक्षित गरी प्रालिले अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा मंगलबारदेखि वितरण गर्न लागेको हो ।
चीनको जेटटीई कम्पनीले निकालेको यो सेटमा नेपाली र अंगे्रजी ‘युजर म्यानुअल’ हुनाले सजिलै सामान्य लेखपढ गरेका व्यक्तिले पनि यो सेट प्रयोग गर्न सक्ने छन् ।
सस्तो मूल्यमा ह्यान्डसेट बिक्री गरी ग्रामीण तथा दुर्गम क्षेत्रका सर्वसाधारण सेवाको पहुँच पु¥याउन यो सेट बजारमा ल्याउन लागिएको जानकारी कम्पनीले दिएको छ ।
निजी क्षेत्रको पहिलो मोबाइल सेवाप्रदायक कम्पनीले अब ७५ वटै जिल्ला आक्रामक रूपमा बजारीकरण गर्न लागेको छ । कम्पनीले सोमबारदेखि ९८१ बाट सुरु हुने नयाँ ‘इन्डेक्स नम्बर’ सञ्चालनमा छ ।
नयाँ नम्बरका साथमा कम्पनीले यो सेट दिन लागेको हो । पहिलै लिइसकेका एन–सेलका सिमकार्ड पनि यो सेटमा चल्ने कम्पनीले जानकारी दिएको छ ।
मोफसलका १३ अञ्चलपछिमात्र कम्पनीले यो सेट बागमती अञ्चलका ८ जिल्लामा ल्याउने कम्पनीले जनाएको छ । “देशका सम्पूर्ण जनताको अहिलेको आवश्कता सञ्चार सुविधा हो, त्यसमा पनि ग्रामीण र दुर्गम क्षेत्रका जनतालाई सञ्चार पु¥याउने हाम्रो योजना हो,” प्रालिका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनले भने ।
सर्वसाधारणमा सञ्चारको पहँुच पु¥याउन यो योजना ल्याइएको उल्लेख गर्दै उनले यो सुविधाबाट सर्वसाधारणले धेरै लाभलिन सक्ने अपेक्षा राखिएको बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.