ब्राजिल र नेदरल्याण्ड अन्तिम आठमा


Kaka_Fabiano१५ असार, ब्राजिल र नेदरल्याण्ड दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । सकरसिटी रंगशालामा भएको पछिल्लो खेलमा चिलीलाई ३-० को स्वाद चखाउँदै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । पराजयपछि चिलीको अघिल्लो चरणको यात्रामा पूर्ण विराम लाग्यो ।

खेलको सुरुमा गोल गर्न ब्राजिललाई हम्मेहम्मे परे पनि ३४ मिनेटसम्म गोल गर्न उसले कुर्नु पर्‍यो । त्यसको चार मिनेट पछि फाविनोले हेडमार्फत दोस्रो गोल गरे । पहिलो हाफ २-० को स्थितिमा रहेको खेलको दोस्रो हाफमा चिलीले थप एक गोल खायो । संघर्षका बाजजुद पनि चिलीले कुनै गोल गर्न सकेन ।

त्यसैगरी गयराति डर्बनमा भएको खेलमा स्लोभानियालाई २-१ गोल अन्तरले पराजीत गर्दै नेदरल्याण्डले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । नेदरल्याण्डलाई जित दिलाउने क्रममा खेलको १८ औं मिनेटमा अरजेन रुवेनले र ३८ औं मिनेटमा सेन्युडरले गोल गरेका थिए । उता स्लोभानियाका लागि एक मात्र सान्त्वना गोल भेटेकले खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गरेका थिए । निर्धारीत ९० मिनेट भर दुवैतर्फबाट गोल गर्ने थुप्रै अवसर सदुपयोग हुन सकेन र अन्ततः खेल नेदरल्याण्डको पोल्टामा पर्‍यो । नेदरल्याण्डसँगको पराजयसँगै स्लोभानिया पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

आज पोर्चुगल र स्पेन भिड्ने

प्रतियोगिता अन्तर्गत आज नकआउट चरणका अन्तिम दुई खेल हुँदैछन् । बेलुका पौने आठ बजे हुने पहिलो खेलमा पाराग्वे र जापानबीच अन्तिम आठका लागि प्रतिस्पर्धा हुनेछ । पाराग्वे समुह ‘एफ’ को विजेता टिम हो भने जापान समुह ‘ई’को उपविजेता टिम हो । त्यसैगरी मध्यराति हुने दोस्रो खेलमा यस वर्षको उपाधीको दावेदार मानिएको स्पेन र पोर्चुगल आमनेसामन्ने हुनेछन् । स्पेन युरोकप विजेता राष्ट्र हो भने पोर्चुगल पनि राम्रो टिममा गनिन्छ । अन्तिम आठमा प्रवेशका लागि समुह ‘एच’को विजेता स्पेन र समुह ‘जी’को उपविजेता पोर्चुगललाई आजको खेल प्रतिष्ठाको विषय रहेको छ ।

One response to “ब्राजिल र नेदरल्याण्ड अन्तिम आठमा

  1. jeevan kerung (subba)

    yeah, Its right BRASIL- 3 and CHILI – 0 tara khelko 34 minutema corner kick ko sunoulo abasar parera head marfat JAUN le pahilo goal gareko thiyo ra 4 minute pachi KAKA ko pass bata LUIS FABINO le kick marfat goal gareko thiyo not by head……… ra second half pachi ROBINO le RAMIER ko pass bata goal gareko thiyo……… thanks a lot to kuwaitnepal.com for posting information its helps………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.