नेपाली बेकह्याम


 स्टाइलिस फुटबल खेलाडी अन्जन केसीका फ्यानहरू उनलाई नेपालका डेभिड बेकह्याम भन्ने गर्छन् । अन्जनलाई बेक्ह्याम को हुन् र आफू को हुँ भन्ने राम्ररी थाहा छ । तर, फ्यानहरूले बेकह्याम भनिदिँदा उनलाई आनन्द भने आउँछ ।

अन्जन केसी, फुटबल खेलाडी

प्रफुल्ला श्रेष्ठ

अस्मिता कँडेल

प्राप्ति खड्का

अन्जन केसी अर्थात् स्टाइलिस फुटबलर । थ्री स्टार क्लबका अन्जनलाई उनका फ्यानले मन पराउने कारण हो- उनको खेल र लवाइमा देखिने स्टाइलिसनेस । उनलाई सबभन्दा मन पर्ने खेलाडी हुन्- इंग्ल्यान्डका डेभिड बेकह्याम । ‘बेकह्याम एकदम पर्फेक्ट प्लेयर हुन्,’ उनले भने, ‘मैदानमा उत्रेपछि केही न केही जादू गरेरै छाड्छन् । फुटबलबाहेकको जिन्दगीमा पनि उनी रंगिन छन् । मोडेलिङमा पनि उनी मज्जाले चम्किएका छन् ।’ अन्जनलाई उनका फ्यान नेपालको डेभिड बेकह्याम भन्ने गर्छन् । बेकह्यामजस्तै उनी पनि आकर्षक फ्रि-किक हान्न सिपालु छन् । तर, अन्जन आफू र बेकह्यामबीचको अन्तर राम्ररी बुझ्छन् । भन्छन्, ‘कहाँ डेभिड बेकह्याम, कहाँ म ? तथापि, फ्यानहरूले बेकह्याम भनिदिँदा मज्जाचाहिँ लाग्छ ।’

वि.सं. ०६२ मा राष्ट्रिय टोलीबाट खेल्न थालेका अन्जन अहिले नेपालमा फुटबल खेलेर खान पुग्ने अवस्था छ, भन्छन् । ‘खेल्न सकुन्जेल सकिन्छ,’ उनी भन्छन्, ‘खेल-जीवन सकिएपछि चाहिँ भन्न सकिन्न ।’ उनको आग्रह छ- नेपालको फुटबलको स्तर’bout कुरा गर्दा यस क्षेत्रमा भएको ज्यादै न्यून लगानी पनि ध्यान दिनुपर्छ । ‘सबभन्दा पहिले खेलाडीको भविष्य सुनिश्चित होस्, फुटबलको स्तर आफैँ उकासिन्छ,’ उनी भन्छन् ।

लेफ्ट ब्याक पोजिसनबाट खेल्ने अन्जन मैदानभित्र छिरेपछि बलमा मात्रै ध्यान दिने बताउँछन् । ‘विपक्षी स्ट्राइकरहरूले एक्सन गरेपछि हाम्रो रियाक्सन सुरु हुन्छ,’ उनी आफ्नो कामको प्रकृतिलाई घतलाग्दो पारामा बयान गर्छन्, ‘त्यसैले मैदानमा बलबाहेक अरू केही सोचिँदैन । कति दर्शक आएका छन् या कति चर्का हुटिङ् गरेका छन्, यस्ता कुरा केही पनि सोचिँदैन । बलबाहेक अरू कुरामा ध्यान दिइयो भने त विपक्षीले वित्यास पारिहाल्छन् नि !’

हरि खड्का र वसन्त थापा उनलाई मन पर्ने नेपाली खेलाडी हुन् । अन्तर्राष्ट्रिय खेलाडीमा इंग्ल्यान्डका असी कोल र स्पेनका जावी उनलाई मन पर्छन् । डेभिड बेकह्यामका त उनी डाई हार्ड फ्यान भइहाले ।

आफ्नो क्यारियरमा उनले बिर्सनै नसक्ने घटना भनेको वल्र्डकप क्वालिफाइङमा ओमानसँग खेल्दा हो । ओमानले नेपाललाई खेलेपिच्छे नराम्ररी धराशयी बनाइदिन्थ्यो । दुईवटा वल्र्डकप क्वालिफाइङ म्याचमा ओमानले एउटामा सात गोल र अर्कामा आठ गोल गरेर नेपाललाई मरणासन्न पारिदिएको थियो । यस्तो कटु यथार्थबीच अन्जनहरू ओमानविरुद्ध वल्र्डकप क्वालिफाइङ खेल्न गएका थिए । प्रशिक्षणअवधिभर खेलाडीलाई एउटै कुरामा खबरदारी गरिएको थियो- कुनै पनि हालतमा धेरै गोल नखाने । जित्न सम्भव नभएपछि सम्मानजनक ढंगले हार्ने कोसिस न हुन्छ ! त्रिभुवन अन्तर्राष्रिय विमानस्थल छाडेदेखि नै नेपाली खेलाडी दबाबमा थिए- एनिहाऊ, कम गोल खाऊ ! ‘ओमान पुगेपछि हामी झन् बढी प्रेसरमा थियौँ,’ अन्जन सम्भिन्छन्, ‘तर, हामीले राम्रै खेल्यौँ र दुई गोल मात्रै खायौँ । हामी हारेर दुःखी भएका थिएनौँ, बरु थोरै गोल खाएर खुसी थियौँ ।’
अन्जनका त्यति ठूला महत्त्वाकांक्षा छैनन् । ‘बस्, एउटा सक्षम र सवल फुटबलर बन्न पाइयोस्,’ उनी आफ्नो सरल आकांक्षा व्यक्त गर्छन् । पार्टी र घुमफिरमा सोखिन अन्जन रंगिन मनमिजासका मान्छे हुन् । २६ वर्षीय यी स्टाइलिस खेलाडीलाई महिला फ्यानहरूले फोन गरेर हैरानै पार्छन् रे ! तर, गर्लफ्रेन्ड’bout कुरा उप्काउँदा उनी भनिहाल्छन्, ‘गर्लफ्रेन्डको चाहिँ कुरै नगरौँ है !’
अहिले प्रशिक्षणमा र वल्र्डकपको भरपूर स्वाद लिन व्यस्त छन्, अन्जन । यसपालिको वल्र्डकपका अहिलेसम्मका म्याचमा उनलाई सबभन्दा भव्य लागेको जापानी खेलाडी केसुके होन्डाको फ्रि-किक गोल हो । यी फ्रि-किक पारखी भन्छन्, ‘होन्डाको त्यो फ्रि-किक विश्व फुटबल इतिहासमै फस्र्ट क्लास फ्रि-किक हो ।’
अहिले नेपाली फुटबलप्रेमी हरेकका ओठमा झुन्डिएको प्रश्न हो- नेपालले कहिले वल्र्डकप खेल्ला ?’ अन्जनलाई पनि यही प्रश्न राखिन्छ । उनी लामो सास फेर्छन् र भन्छन्, ‘यस्तै परिस्थिति रहने हो र फुटबलको विकासक्रम यस्तै सुस्त हुने हो भने नेपालले वल्र्डकप’bout सोच्दै नसोचे हुन्छ ।’
नेपालले वल्र्डकप खेल्ने हो भने के गर्नुपर्ला त ? नेपाली फुटबलका दिग्गज खेलाडीदेखि भयंकर पण्डितहरूसँग पनि यस सवालको स्पष्ट जवाफ नहुन सक्छ । अन्जनसँग पनि छैन । तर, उनी यतिचाहिँ भन्छन्, ‘नेपाली फुटबलको स्तर रातारात सुधार्न सकिँदैन । लामो समयको एउटा गतिलो प्रोजेक्ट चाहिन्छ ।’
यस्तो लाग्छ- कुनै चमत्कारले मात्रै नेपाललाई वल्र्डकप खेलाउन सक्छ । अहिलेलाई यति भनेर चित्त बुझाउन सकिएला- संसारमा दुई सयभन्दा बढी देश छन् । तीमध्ये जम्मा ३२ देशले त वल्र्डकप खेलेका हुन् नि ! वल्र्डकप खेल्न नपाउने हामीजस्ता सयौँ देश छन् । बेकारमा किन चिन्ता गर्नु ?
मिस ई-कलेज प्रतियोगितामा भाग लिएका प्रफुल्ला श्रेष्ठ, प्राप्ति खड्का र अस्मिता कँडेल अन्जनका ठूला फ्यान हुन् । मोडेलिङमा कदम राख्न खोजिरहेका यी विद्यार्थीलाई उनको स्टाइलिसनेस असाध्यै आकर्षक लाग्छ । तीनैजनाले अन्जनका केही गेम हेरेका छन् । र, तीनैजनालाई अहिले १०८ डिग्री ज्वरो आएको छ । फुटबलको ज्वरो !

 

 

One response to “नेपाली बेकह्याम

  1. Cheers !!! Anjan,

    Remember last time (during 2008) we met at Pokhara along with Raju D’a and Raju Uncle. Keep up your great spirit Buddy.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.