Daily Archives: 28/06/2010

फेसबुक


संसारलाई एकैठाउँमा जोड्ने नेटवर्कको सञ्जाल फेसबुक हिजोआज लोकपि्रय वेबसाइटको रूपमा विकसित हुँदैछ । २००६ सेप्टेम्बरदेखि सञ्चालनमा आएको छ । यसको सेवा जोकोही मान्य इमेल ठेगाना र १३ वर्ष नाघेकाहरूले विनाकुनै बाधा प्रयोग गर्न पाउनेछन् । मार्क जुकरवर्गले आफ्नो कलेजका साथीहरूसँग मिलेर हार्वड विश्वविद्यालयमा सुरु गरेका फेसबुक, सुरुआतमा विद्यालयभित्र मात्र सीमित थियो । पढ्नेक्रम जारी राख्नुहोस्

युएईमा फस्टाउँदो नेपली ब्याबसाय


भुपराज बस्याल, युएई

करिब ढेडलाख नेपलीहरु रहेको संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपली बस्तुभाउले आफ्नो छुट्टै पहिचान जमाएको छ । हिमाल जस्तो सुरिलो नेपाली ढाका टोपीले चिनाउने नेपालीहरुले अब यस्ता पहिचानका बस्तुहरु किन्न युएईमा नै पाउने भएका छन् ।

गत शुक्रवार युएईको बर दुबईस्थित नेपली होटल नजीकै खुलेको सनराईज नामको नेपाली पसलबाट यस्तो सुबीधा पाउने भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

अग्निलाई अमेरिकी भिसामा रोक


काठमाडौं,  एकीकृत माओवादी पोलिटब्युरो सदस्य एवं सभासद् अग्नि सापकोटाको अमेरिका भ्रमण रोकिनुको कारण उनीविरूद्व २०६२ सालको एउटा हत्या घटना भएको खुलेको छ । उक्त घटनापछि परिवारजनले दिन लागेको जाहेरी पनि माओवादीको दबाबमा काभ्रे प्रहरीले दर्ता नगरेको मानवअधिकारवादीहरूको आरोप छ । पढ्नेक्रम जारी राख्नुहोस्

छोरी जिस्काउनेलाई छ्याप्पै काटें


धरान, सुनसरीको पञ्चकन्या-५ का ६६ बषिर्य प्रेम लिम्बुले आफ्नी छोरी जिस्काउने युवकलाई खुकरीले छप्काएका छन् । त्यति मात्र होइन, युवकलाई खुकुरी प्रहार गरेपछि उनी आफै प्रहरीमा आएर कारवाहीको माग गरेका छन् । सुरुमा धरानस्थित वडा प्रहरी कार्यालयका प्रहरी इन्चार्ज विजय राईले उनको कुरा पत्याएनन् । पढ्नेक्रम जारी राख्नुहोस्

द्रौपदीको भूमिकामा एन्जेलिना जोली


एजेन्सी- मुम्बइ, महाभारतको महत्वपूर्ण पात्र द्रौपदीको भूमिकामा संभवत हलिउडकी चर्चित नायिका एन्जेलिना जोली देखापर्ने भएकी छिन् ।

आफूले बनाएको चलचित्र ‘राजनीति’ले सिनेमाघरका पर्दाहरु तताइरहेकै बेला निर्देशक प्रकाश झाले जोलीलाई खेलाउने इच्छाका साथ अर्को महत्वपूर्ण योजना बाहिर ल्याएका हुन् । झाले दुई वर्षअघि नै बनाउने तयारी गरेको यो सिनेमामा उतिबेला माधुरी दीक्षितलाई लिइने चर्चा थियो ।

नारित्वप्रति श्रद्धा प्रकट गर्नका निम्ति द्रौपदीलाई पर्दामा ल्याउनु जरुरी थियो, निर्देशक झा भन्छन्, पढ्नेक्रम जारी राख्नुहोस्

अर्जेन्टिनाद्वारा मेक्सिको पराजित; क्वाटर फाईनलमा जर्मनीसँग भिड्ने


अषाढ १४, आइतबार राति भएको खेलमा म्यारोडेनाको टोली अर्जेन्टिनाले मेक्सिकोलाई ३-१ ले पराजित गर्‍यो । अर्जेन्टिनाले लगातार चौथो जित हासिल गरेको हो । जितका लागि टेभेजले २ र गोन्जालो विगिङले १ गोल गरे ।

टेभेजले खेलको २६ र ७२ औं तथा गोन्जालोले ३३ औं मिनेटमा गोल गरेका थिए । पराजित मेक्सिकोका जावेद हेर्नान्डिजले ७१ औं मिनेटमा गोल फर्काएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेम्वाङद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


subas n१४ असार, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बजेट अधिवेशन बोलाउन भइरहेको ढिलाईप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री माधवकुमार नेपाललाई सोमबार विहान भेट गरी नेम्वाङले बजेट अधिवेसन बोलाउन भएको ढिलाईले अन्योल बढेको भन्दै दलहरुसँगको सहमतिमा तत्काल बजेट अधिवेसन डाक्न सुझाव दिनुभएको हो ।

पढ्नेक्रम जारी राख्नुहोस्

२९ प्रहरी कारबाहीमा


हेटौँडा । मध्यक्षेत्र प्रहरी कार्यालय हेटौँडाले अनुशासन पालना नगर्ने २९ प्रहरीलाई कारबाही गरेको छ । अनुशासन पालना नगर्ने प्रहरीलाई जेठ महिनामा सो कारबाही गरिएको मध्यक्षेत्र प्रहरी कार्यालय हेटौँडाका नायब प्रहरी उपरीक्षक बालकृष्ण थापाले बताउनुभयो । कारबाहीमा पर्नेमा प्रहरी जवान १७ जना, प्रहरी हवल्दार चार, प्रहरी सहायक निरीक्षक सात र प्रहरी नायब निरीक्षक एकजना रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्