इंग्ल्यान्डलाई शानदार ढंगले ४-१ ले पराजित गर्दै जर्मनी क्वार्टर फाइनलमा प्रवेश त गर्यो, तर जर्मनीको विजयभन्दा पनि बढी चर्चा इतिहासमा सँधै इंग्ल्यान्डका लाम्पार्डले गरेको यो गोलको हुने निश्चित छ । मध्यान्तर अगाडि २-१ ले इंगल्यान्ड पछाडि पर्दा विश्वले देखेको यो गोल दुर्भाग्यपूर्ण रुपमा उरुग्वेका रेफ्रीले भने देखेन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/06/2010
विश्वले देखेको तर रेफ्रीले नदेखेको गोल
दाजुले खेलाएको बन्दुक पड्केर बहिनीको मृत्यु
पोखरा, अषाढ १३ – दाजु रामशरण सापकोटाले खेलाएको बन्दुक पड्केर कास्कीको मिजुरे गाविस ३, रवेडाँडामा ६ वर्षीया बहिनी मनिलाको मृत्यु भएको छ । घरमै गोली लागेर गम्भीर घाइते भएकी मनिलालाई उपचारार्थ पोखरा ल्याउदै गर्दा शनिबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
माओवादी कार्यकर्ता मृत फेला
दाङ देउखुरी, एकीकृत नेकपा (माओवादी)का एकजना कार्यकर्ता मृत अवस्थामा फेला परेका छन्। देउखुरीको बेला-५ घर भएका २३ वर्षीय ईश्वरदास यादवको शव बेला-९ करङखोलाको जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।दीर्घस्मृति ब्रिगेड सङ्क्राममा कार्यरत उनको अपहरणपछि हत्या भएको दाबी ब्रिगेडका कमाण्डरले गरेका छन्। यादव गत जेठ २७ गते घरबिदामा गएका कमाण्डर वज्रले एक विज्ञप्ति जारी गरी जनाएका छन्।
Source: nagariknews
Posted in समाचार
दाहालको नेतृत्व स्विकार्य: सुजाता
काठमाडौं, उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार स्वीकार गर्न सकिने बताएकी छन्। ‘दाहालको नेतृत्व स्विकार्न सकिन्छ,’ युएईको भ्रमण सकेर शनिबार काठमाडौं आएकी नेतृ कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भनिन्, ‘त्यसका लागि वाइसिएलको अर्धसैनिक संरचना र कब्जा सम्पत्ति फिर्ता हुनुपर्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपाल र यूएईबीच सहमति, सुजाता यूएईमा
१२ असार, नेपाल र संयुक्त अरब इमिरेटस् (यूएई) बीचको मित्रवत सम्बन्ध थप सुधार गर्न संयुक्त समिति निर्माण गरिने भएको छ । अवुदाबीस्थित नेपाली दूतावासका अनुसार यूएई भ्रमणमा रहनुभएकी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले समिति निर्माणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
डेरावालको विवरण अब वेबसाइटमा
१२ असार, सुरक्षा संवेदनशीलताका कारण प्रहरीले काठमाडौं उपत्यकामा घर र कोठा भाडामा लिएर बस्ने र गैरसरकारी संघ/संस्था सन्चालकहरुको विवरण संकलन गरी इन्टरनेटमा राख्ने तयारी सुरु गरेको छ । उपत्यकामा भइरहेका आपराधिक गतिविधिमा बाहिरका व्यक्ति बढी संलग्नता पाइएपछि अपराध अनुसन्धान प्रक्रियालाई सजिलो पार्न प्रहरीले घरधनी, डेरावाल र संघ/संस्था सन्चालकहरुको लगत संकलन थालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार