नेपालकै बिशाल विमान सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटीआर-७२-५०० विमान थप गरेको छ सो बिमान गएको सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जनाएको छ । यो जहाजसँगै बुद्ध एयरसँग अब ८ वटा विमान छन् । ७० सिट क्षमताको यो विमान फ्रान्स र इटालीमा बनाइएको हो । टर्वोप्रोप इन्जिन श्रृङ्खलामा यो विमान विश्वकै उत्कृष्ट मानिने दावी बुद्ध एयरले गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/06/2010
बुद्ध एयरको नयाँ विमान
Posted in समाचार
एनआरएनए एनसिसी साउदी अरबको “प्रेस बिज्ञप्ती”
२३ जुन २०१०/एनआरएनए आइसिसीमा साउदी अरबबाट प्रतिनिधित्व गर्नुहुने हाम्रा आइसिसी सदस्य श्री राम बेलबासेज्यु तथा एनसिसी साउदी अरबका सल्लाहकार समेत रहनु भएका एनआरएनए आइसिसीका मध्यपुर्ब सह संयोजक श्री राजु सैयदज्युलाई “युनिटी लाइफका संरक्षक” को रूपमा चिनाउंदै हालैका दिनमा बलराम बि.क. द्वारा सम्प्रेषित तथा केही मिडियामा प्रकाशित समाचार र आज पुनः सञ्जिव ढकालद्वारा सम्प्रेषित सोही आसयको इमेलप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति, NRNA गतिविधि
दुर्घटनामा परेका गोपाल तामाङलाई साउदीका नेपालीहरुले दुइ लाख अठ्चालिस हजार आर्थिक सहयोग गरे
चिज कुमार श्रेष्ठ, साउदी अरब
भोजपुर जिल्ला, भोजपुर गाविस वडा नं. ९ घर भई हाल साउदी अरवको अरवियन फाल कम्पनी रास तनुरा रिफाइनरीमा कार्यरत गोपाल तामाङको गत मे महिना को ७ तारिक शुक्रबारका दिन रहिमा जाने क्रममा बिच बाटोमा अर्को कम्पनीको लोडर र कारमा ठोकिन पुगि दुर्घटना भयो । दुर्घटनामा परि टाउको, हात र गोडामा गम्भिर चोट लागेको छ। दुर्घटना पश्चात तुरुन्तै हस्पिटल लगियो । हातमा १० टाँका, गोडामा ५ टाँका र टाउकोमा ३ टाँका गरि १८ टाँका लगाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
बिहे नगरे पनि सँगसँगै
काठमाडौं, नेपाली समाजमा सामान्यतः बिहेअघि किशोरकिशोरी सँगैसँगै बस्दैनन् । तर, एक अध्ययनले काठमाडौं तथा सहरी क्षेत्रमा बिहे नै नगरे पनि सँगसँगै बस्ने किशोरकिशोरीको संख्या बढ्दै गएको देखाएको छ । जापान, फरान्स क्यानडा, अमेरिकालगायतका विकसित मुलुकहरूमा युवायुवती बिहे नगर्दै सँगसँगै एउटै कोठामा केटा र केटी साथीका रूपमा बस्ने गर्छन् ।
यो प्रवृत्ति नेपालमा पनि देखिएको महिला आयोगद्वारा तयार पारिएको एक अध्ययन प्रतिवेदनले देखाएको हो । काठमाडौं तथा सहरी क्षेत्रमा कति जोडी सँगै बस्छन् भन्ने तथ्यांक भने कसैसँग छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
ठूला दलमाथि खनिए साना १६ दल / राष्ट्रिय सरकार बनाउन आग्रह
काठमाडौं, सरकारमा रहेका सहितका साना दलले संविधान निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने ठहर गरेका छन्।मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १६ दलको बैठकले संविधान निर्माणको प्रक्रियालाई अघि बढाई शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सहमतिको राष्ट्रिय सरकार गठन गर्नु महवपूर्ण कुरा भएको निष्कर्ष निकालेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बराबरीपछि ब्राजिल र पोर्चुगल अन्तिम सोह्रमा
१२ असार, एएफपी । पाँचपटकको विश्वकप विजेता ब्राजिल शुक्रबार पोर्चुगलसँग गोलरहित बराबरीमा खेलेर समूह ‘जी’बाट समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको छ । यस नतिजापछि पोर्चुगल पनि समूह उपविजेता बनेर दोस्रो चरणमा पुग्यो । अर्को खेलमा उत्तर कोरियालाई ३-० ले हराएपनि आइभरिकोस्ट समूह चरणबाट पाखा लाग्यो । उत्तर कोरिया पहिले नै बाहिरिइसकेको थियो ।
ब्राजिल सुरुका दुई खेलपछि नै प्रिक्वाटरफाइनलमा पुगिसकेको थियो भने पछिल्ला १७ खेलमा अपराजित पोर्चुगललाई अगाडि बढ्न बराबरीको नतिजा आवश्यक थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद