व्यापारी हत्या रहस्यमय / हत्याको विरोधमा दिनभर बुटवल बजार बन्द


यमलाल भुसाल (बुटवल)

बुटवलका व्यापारी दम्पतीको हत्या भएको विरोधमा बिहीबार दिनभर बुटवल बजार बन्द गरिएको छ। तत्काल घटनाका अभियुक्तलाई पक्राउ नगरे व्यवसायीहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।

हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै बुटवलका व्यापारीहरुले दबाबस्वरुप बजार बन्द गरेका हुन्। युवा व्यवसायी रमेश भण्डारी र उनकी श्रीमती आशाको बुधबार भएको हत्याको विरोधमा स्थानीय उद्योगी व्यवसायीहरु आन्दोलित भएका हुन्।
साथै विरोधमा मध्यान्ह १२ बजेदेखि २ बजेसम्म २ घण्टा यातायातसमेत बन्द गरिएको थियो। बुटवल-६ जेसीज चोकमा रहेको विष्णुभण्डारी स्टोस्रका साचालक भण्डारी दम्पतीलाई अपरिचित समूहले आफ्नै पसलमा आएर गोली हानी हत्या गरेको थियो। मोटरसाइकलमा तीन जनाको समूहमा आएका अपरिचितहरुले बुधबार दिउँसो ३-३० बजे भण्डारी दम्पतीको हत्या गरेका थिए।

मृतकको शव बिहीबार लुम्बिनी अञ्चल अस्पतालमा पोस्टमार्टम गरिएपछि व्यवसायीहरुले अस्पतालबाट शव यात्रा निकालेका थिए। उक्त शव यात्रा अस्पताललाईन मिडिया चोक जेसीज चोक गोलपार्क हुँदै तिनाउ नदीमा पुगेको थियो। शवयात्रामा बुटवलका उद्योगी व्यवसायी राजनीतिक दलका प्रतिनिधि बुद्धिजीवी र शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो। मृतक भण्डारी दम्पतीको आजै तिनाउमा अन्तिम दाहसंस्कार गरिएको छ। अन्तिम दाहसंस्कार दिनुअघि भण्डारी दम्पतीको जीवनी वाचन गरिएको थियो।

घटनाका सम्बन्धमा बिहीबार बिहान बसेको सर्वपक्षीय बैठकले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्ने शान्ति सुरक्षाको स्थिति सबल बनाउन संघ-संस्था राजनीतिक दल प्रहरी प्रशासनबीच समन्वय गरी अगाडि बढ्ने र गोली हान्ने अभियुक्तलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमको अध्यक्षतामा बसेको बैठकमा सभासद् नेत्र पन्थी नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारी उद्योग वाणिज्य संघ बुटवल रुपन्देही उद्योग संघ व्यापार संघ पश्चिम नेपाल बस व्यवसायी संघका प्रतिनिधि राजनीतिक दलका जिल्लास्तरका नेता सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता थियो।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रकृति प्रयोग गरिएको गोलीलगायतका विषयमा सूचना संकलन गर्ने र घटना आपराधिक समूह वा अन्य कुन समूहबाट हो भन्ने’bout अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो।

भण्डारी दम्पतीलाई गोली हानी हत्या गरिएपछि उनको पसलबाट रकमसमेत लुटिएको भनिए पनि भण्डारीले घटनाअघि ३० लाख नगद १० लाखको चेक राष्ट्रिय वाणिज्य बैंक बुटवल र हिमालय बैंकमा जम्मा गरेको र पसलको काउन्टरमा करिव १८ लाख नगदै भेटिएकोले रकम नलगेको अनुमान प्रहरीले गरेको छ। घटना घटनाउनेले नगद पनि नलगेको घटनाअघि कुनै त्यस्तो प्रकारको आर्थिक माग नगरेको र दिनदहाडै मोटरसाइकलमा आएर पसलमै व्यापारी दम्पतीलाई हत्या गर्नुले घटना थप रहस्यमय बनेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.