पूर्ब बिश्व च्याम्पियन ईटाली बाहिरीयो


logo११ असार, साविक विजेता इटाली दक्षिण अफ्रिकामा जारी १९ औँ बिश्वकप फुटबलको पहिलो चरणबाटै वाहिरिएको छ । स्लोभाकिया, पाराग्वे नेदरल्याण्ड र जापान भने अन्तिम १६ मा प्रवेश गरेका छन् । निकै रोमाञ्चक रहेको इटाली र स्लोभाकियाबीचको खेल विश्वकपको ऐतिहासिक क्षण सावित भयो ।

खेलको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गरेपनि डिफेन्डिङ च्याम्पियन इटालीको बाटोमा स्लोभाकिया बाधा बन्यो ।

जोहान्सवर्गमा सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ईटालि स्लोभाकीयासँग २ का बिरुद्ध ३ गोल अन्तरले पराजित भयो । स्लोभाकीयासँगको पराजयसँगै ईटाली दोस्रो चरणमा प्रवेश गर्न सकेन । खेलमा उस्ले २ गोल फर्काए पनि त्यो सान्त्वना मात्र भयो । समुह ‘एफ’बाट पाराग्वे चार अंकको साथमा समुह विजेता तथा चार अंकका साथ स्लोभाकिया उपविजेता बन्यो ।

यसैबिच पोलोक्वाने रङ्गशालामा सम्पन्न खेलमा चार अंकका साथ समूह ‘एफ’को शीर्ष स्थानमा रहेको पाराग्वेले न्यूजिल्याण्डसँग बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको छ । बराबरीमा भएपनि पाराग्वे अंकका आधारमा नकआउट चरणमा प्रबेश गरेको हो । यो बराबरीसँगै न्यूज्ािल्याण्ड पनि बिश्पकपबाटै बाहिरिएको छ ।

यसैगरी मध्यरात भएको क्यामरुन विरुद्धको खेलमा नेदरल्याण्डले २-१ गोलले जित दर्ता गर्दै समुह ‘ई’मा ९ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्‍यो । लिगमा लगातार ३ पटक हार व्यहोर्दै क्यामरुन भने प्रतियोगिताबाट बाहिरियो । पहिलो हाफ १-० को स्थितिमा रहेको खेलमा अरु दुई गोल दोस्रो हाफमा भएका थिए ।

त्यस्तै मध्यरात नै भएको डेनमार्कविरुद्धको खेल जित्दै एसियाली राष्ट्र जापान ६ अंकका साथ अन्तिम १६ मा प्रवेश पाउने दोस्रो एसियाली राष्ट्र बन्यो । यसअघि दक्षिण कोरिया पनि अन्तिम १६ मा प्रवेश गरिसकेको छ । रुष्टेनवर्गमा भएको खेलमा पहिलो हाफमा २-० ले अग्रता कायम गरेको जापानले अर्को एक गोल दोस्रो हाफमा गर्‍यो । डेनमार्कको लागि एक मात्र सान्त्वना गोल खेलको ८१ औं मिनेटमा टोमासनले गरेका थिए । हारसँगै डेनमार्क पनि प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

आज चार खेल

प्रतियोगिताअन्तर्गत आज लिग चरणका अन्तिम चार खेल हुदैछन् । आज हुने खेल उपाधिका लागि दावेदार राष्ट्र मानिएकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधिको दावेदार मानिएको पोर्चुगलले राति पौने आठ बजे पाँचपटकसम्मको विश्वविजेता व्राजिलसँग सामना गर्नेछ ।

व्राजिल ६ अंकका साथ समुह ‘जी’मा शीर्ष स्थानमा रहदै दोस्रो चरणमा प्रवेश गरिसकेको छ भने पोर्चुगलको ४ अंक रहेको छ । सोही समुहमा रहेका उत्तरकोरिया र आईभरिकोष्टको समान १/१ अंक रहेको छ । व्राजिलसँग पोर्चुगलले हारेको खण्डमा उत्तरकोरिया र आईभरिकोष्टमध्ये एकले खेल जिती समान ४/४ अंक बनेपनि गोल औसतको आधारमा पोर्चुगल अन्तिम १६ मा प्रवेश पाईसकेको छ । उत्तरकोरिया र आईभरिकोष्टको खेल पनि सोही समयमा हुनेछ ।

यसैगरि मध्यराति हुने खेलमा स्पेनको लागि चिली आज वाधक बन्न सक्छ । राम्रो र्फममा रहेको चिलीको ६ अंक रहेको छ भने स्पेन र स्वीटजरल्याण्डको समान ३/३ अंक रहेको छ । यदि होन्डुरसलाई स्वीटजरल्याण्डले पराजीत गर्दा र चिलीले स्पेनलाई हराएको खण्डमा स्पेन प्रतियोगिताबाट बाहिरिने छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.