नेपालमा लगानी बढाउन यूएई सकरात्मक


नेपाल र संयुक्त अरब इमिरेट्सबीच द्विपक्षीय व्यापारीक सम्बन्ध विस्तारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको औपचारिक भ्रमणका क्रममा यूएईमा नेपाली कामदारको सुरक्षा, लगानीका सम्भाव्यता, व्यापारिक सम्झौताका विषयमा पनि छलफल भएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कोइराला ५ दिने औपचारिक भ्रमणका लागि बुधबार यूएई पुगेकी हुन् । उपप्रधानमन्त्री कोइरालाले त्यहाँका कानुनी मामिला, परराष्ट्र मामिलाका निर्देशक, यूएईका लागि नेपाली राजदूतलगायत त्यहाँका सरकारी अधिकारीहरूसँग छलफल जारी राखेकी छन् ।
भ्रमणका क्रममा दुई देशको सम्बन्धका विभिन्न पक्ष’bout छलफल गर्नका लागि नेपाल सरकार र संयुक्त अरब इमिरेट्सबीच संयुक्त समिति निर्माण गर्ने सम्बन्धमा पनि हस्ताक्षर भएको छ ।
आर्थिक स्थितलाई राम्रो बनाउन व्यापार,  लगानी र वाणिज्यको सम्बन्ध  विस्तार गर्नका लागि काठमाडौंमा संयुक्त अरब इमिरेट्सको महावाणिज्य दूतावास खोल्ने ’boutमा पनि छलफल गर्ने कार्यक्रम छ । संयुक्त अरब इमिरेट्सका सरकारले नै यसअघि पेपर भिसामा गएका कामदार ठगिएको तथा समयमा नै कामदार नपाएकोे भन्दै नेपालमा दूतावास खोल्ने आश्वसन नेपाल सरकारलाई दिएको थियो ।
कन्सुलर स्थापनापछि खाडी मुलुकमध्ये अधिक नेपाली कामदार रहेको यूएईमा  व्यवसायीले न्युन लागतमा कामदार पठाउने वातावरण बन्ने नेपाल वैदेशिक रोजगार व्यवासय संघका अध्यक्ष सोमलाल बटाजुले बताए ।
खाडी मुलुकको राजदूतावास वा कन्सुलर नभएका कारण व्यवसायीले भिसाका लागि कर्मचारी वा दलाल राख्ने गरेका छन् । दलालहरूले व्यवसायीबाट लाखौं रुपैयाँ लिनुको साथै नक्कली भिसासमेत पठाउने गरेका उनीहरूको गुनासो छ । नेपालमा महावाणिज्य दूतावास खोलेमा छिटो भिसा पाउनुको साथै सक्कली भिसा पाइने भएकाले कामदार ठगिनबाट बच्ने छन् ।
उपप्रधानमन्त्री कोइरालाको भ्रमणका क्रममा त्यहाँस्थित चेम्बर अफ कमर्शले नेपालमा लगानीका लागि चासो देखाएको पनि दूतावासले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.