असफल देशको सूचीमा पाकिस्तान दसौं स्थानमा


विश्वमा सबैभन्दा असफल देशहरूको सूचीमा पाकिस्तान १० औं स्थानमा परेको छ । अफगानिस्तानभन्दा यो स्थान ३ तहले कम भएको सोमबार अमेरिकाले सार्वजनिक गरेको सर्वेक्षण परिणाममा उल्लेख गरिएको छ । सन् २०१० को असफल देसको सबैभन्दा माथिल्लो सूचीमा सोमालिया रहेको छ । यसपछि क्रमशः जिम्बाबे, सुडान दोस्रो, तेस्रो  स्थानमा रहेका छन् । यो सूची विदेश नीतिसम्बन्धी प्रख्यात म्यागेजिन फन्ड फर पिसले सार्वजनिक गरेको हो । १ सय ७७ देशको नाम रहेको उक्त सूचीमा भारत ८७ औं स्थानमा रहेको छ । बर्मा, श्रीलंका र नेपाल क्रमशः १३, २२ र २५ औं स्थानमा रहेको छ । यसैगरी चीन ५७ औं स्थानमा रहेको छ ।
नर्बे विश्वको सबैभन्दा स्थिर देशको रूपमा रहेको छ र सूचीको पीँधमा रहेको छ । अमेरिका १ सय ५८ औं स्थानमा रहे पनि १० स्थिर देशको सूचीमा भने परेको छैन ।
प्रतिवेदनले पाकिस्तान विश्वको खतरनाक देशको सूचीमा एकभन्दा बढी पटक परेको उल्लेख गरेको छ । पाकिस्तानको उत्तरी क्षेत्र तालिवानी र अल कायदाको शाखाको संरक्षकका रूपमा रहेको छ ।
३० लाखभन्दा बढी पाकिस्तानी नागरिकहरू सीमाक्षेत्रमा भएको युद्धका कारण विस्थापित भइसकेका छन् ।

सामाजिक सूचकांक
पाकिस्तान विश्वको सातौं बढी जनसंख्या भएको देश हो । यहाँ प्रतिवर्गकिलोमिटर २ सय २६ मानिस बसोबास गर्छन् । पाकिस्तानको जनसंख्यामा बढी हिस्सा युवा मानिसहरूको रहेको छ । २१ देखि ३७ वर्ष उमेर समूहका मानिसहरू यो समूहमा पर्छन् ।
ऐतिहासिक रूपमा घरेलु प्रतिद्वन्द्वी दलहरूबीच राजनीतिक युद्धस्थलको रूपमा पाकिस्तान रही आएको छ । यसका साथै बलुचिस्तान जनजातिबीचको द्वन्द्वको क्षेत्र बनेको छ । पाकिस्तानले प्रतिभा पलायनको समस्या पनि भोगिरहेको छ ।
देशको अस्थिरताले कतिपय विद्यार्थीलाई शिक्षाका लागि विदेश जानुपर्ने स्थिति आएको छ । वैज्ञानिक, डाक्टर र व्यापारिक जमात एकसाथ देश छोड्न थालेका छन् ।
आर्थिक सूचकांक
१० प्रतिशत गरिबहरूले राष्ट्रिय आम्दानीको ४ प्रतिशत हिस्सा मात्रै लिन सफल भएका छन् । यसैबीच १० प्रतिशत धनीहरूले राष्ट्रिय आम्दानीको २६ प्रतिशत हिस्सा ओगट्न सफल भएका छन् ।
अर्बपति राष्ट्रपति आसिफ अलि जर्दारी पाकिस्तानको धनी मानिसहरूमध्ये एक हुन् ।
आधिकारिक बेरोजगारीको दर ७.४ प्रतिशत रहे पनि यो उच्च हुन सक्ने सम्भावना छ ।
सन् २००८ मा व्यापार घाटा १५ अर्ब डलर रहेको छ भने मूल्यवृद्धिदर २०.८ प्रतिशत रहेको छ । परबेज मुसर्रफको सरकारको समयमा पाकिस्तानी मुद्रामा आएको गिरावटका कारण मूल्यवृद्धिमा नाटकीय वृद्धि देखापरेको थियो । राजनीतिक र सामाजिक अस्थिरताको कारण उत्पादनको लागतमा पनि वृद्धि देखिएको छ ।
राजनीतिक÷सैनिक सूचकांक
पाकिस्तानको अप्रत्यक्ष राष्ट्रपतीय चुनावले जर्दारीलाई वैधानिक र प्रजातान्त्रिक राष्ट्रपतिका रूपमा स्थापित गरेको छ ।
लगातारको हिंसाका कारण यहाँका गरिब जनतालाई खानेकुरा र औषधी–उपचारको पहँुचमा अझै कठिनाइ छ । देशको कतिपय भूभाग बिजुली र सफा पिउने पानीको अभावको समस्या भोगिरहेका छन् । उत्तरी पाकिस्तानको शरणार्थी शिविरमा अवस्था झन दयनीय बनेको छ ।
सन् २००८ देखि मानवअधिकारको अवस्थामा भने औचित्यपूर्ण तरिकाले सुधार आएको छ ।
सुरक्षा औजारको सूचकांकमा पनि सुधार आएको छ । पाक्थुक्वा र बलुचिस्तानको स्थानीय सैनिक अभ्यासले उनीहरूको समुदायमा पकड बनाएको छ । जनजाति क्षेत्रमा सरकारी अधिकारीको उपस्थिति नाम मात्रको देखिएको छ ।
सन् २००८ को संसदीय चुनावले राजनीतिक तनाव उच्च वर्गमा चुलिएर गएको छ । यद्यपि चुनावको निष्कर्ष र जननिर्वाचित सरकारको पुनस्र्थापनाले यो तनावलाई केही मात्रामा भए पनि मत्थर पारेको छ ।
सन् २००८ देखि बाह्य शक्तिको प्रवेश खराब अवस्थामा रहेको सूचकांकले देखाएको छ । अमेरिकी सहयोग पाउने देशमा पाकिस्तान दोस्रो स्थानमा रहेको छ । अमेरिकाले पाकिस्तानभित्र तालिवान र अल कायदालाई आक्रमण गर्न कम आवाजको हवाईजहाज प्रयोग गरिरहेको छ ।

एजेन्सी, वासिङ्टन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.