विश्वमा सबैभन्दा असफल देशहरूको सूचीमा पाकिस्तान १० औं स्थानमा परेको छ । अफगानिस्तानभन्दा यो स्थान ३ तहले कम भएको सोमबार अमेरिकाले सार्वजनिक गरेको सर्वेक्षण परिणाममा उल्लेख गरिएको छ । सन् २०१० को असफल देसको सबैभन्दा माथिल्लो सूचीमा सोमालिया रहेको छ । यसपछि क्रमशः जिम्बाबे, सुडान दोस्रो, तेस्रो स्थानमा रहेका छन् । यो सूची विदेश नीतिसम्बन्धी प्रख्यात म्यागेजिन फन्ड फर पिसले सार्वजनिक गरेको हो । १ सय ७७ देशको नाम रहेको उक्त सूचीमा भारत ८७ औं स्थानमा रहेको छ । बर्मा, श्रीलंका र नेपाल क्रमशः १३, २२ र २५ औं स्थानमा रहेको छ । यसैगरी चीन ५७ औं स्थानमा रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/06/2010
व्यापारी हत्या रहस्यमय / हत्याको विरोधमा दिनभर बुटवल बजार बन्द
यमलाल भुसाल (बुटवल)
बुटवलका व्यापारी दम्पतीको हत्या भएको विरोधमा बिहीबार दिनभर बुटवल बजार बन्द गरिएको छ। तत्काल घटनाका अभियुक्तलाई पक्राउ नगरे व्यवसायीहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।
हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै बुटवलका व्यापारीहरुले दबाबस्वरुप बजार बन्द गरेका हुन्। युवा व्यवसायी रमेश भण्डारी र उनकी श्रीमती आशाको बुधबार भएको हत्याको विरोधमा स्थानीय उद्योगी व्यवसायीहरु आन्दोलित भएका हुन्।
साथै विरोधमा मध्यान्ह १२ बजेदेखि २ बजेसम्म २ घण्टा यातायातसमेत बन्द गरिएको थियो। बुटवल-६ जेसीज चोकमा रहेको विष्णुभण्डारी स्टोस्रका साचालक भण्डारी दम्पतीलाई अपरिचित समूहले आफ्नै पसलमा आएर गोली हानी हत्या गरेको थियो। मोटरसाइकलमा तीन जनाको समूहमा आएका अपरिचितहरुले बुधबार दिउँसो ३-३० बजे भण्डारी दम्पतीको हत्या गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपालमा लगानी बढाउन यूएई सकरात्मक
नेपाल र संयुक्त अरब इमिरेट्सबीच द्विपक्षीय व्यापारीक सम्बन्ध विस्तारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको औपचारिक भ्रमणका क्रममा यूएईमा नेपाली कामदारको सुरक्षा, लगानीका सम्भाव्यता, व्यापारिक सम्झौताका विषयमा पनि छलफल भएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
साउनदेखि नेपाली बजारमा नानो
अब मध्यम वर्गीय नेपालीले पनि कार चढ्न पाउने भएका छन् । ठूलो आर्थिक भार उठाउन नसक्ने ग्राहक लक्षित गरी भारतमा बनाइएका कार ‘नानो’ साउन मध्यतिर नेपाली बजारमा आउने भएको छ । यो परीक्षणका लागि ल्याउन लागिएको हो ।
भारतीय कम्पनी टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार बिक्री वितरणअघि ५ नानो परीक्षणका लागि ल्याइनेछ । ‘परीक्षणका लागि ल्याइने कारका लागि प्रतीतपत्रसमेत खोलिसकेका छौं,’ ट्रेडिङका प्रमुख कार्यकारी शम्भुप्रसाद दाहालले भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पूर्ब बिश्व च्याम्पियन ईटाली बाहिरीयो
११ असार, साविक विजेता इटाली दक्षिण अफ्रिकामा जारी १९ औँ बिश्वकप फुटबलको पहिलो चरणबाटै वाहिरिएको छ । स्लोभाकिया, पाराग्वे नेदरल्याण्ड र जापान भने अन्तिम १६ मा प्रवेश गरेका छन् । निकै रोमाञ्चक रहेको इटाली र स्लोभाकियाबीचको खेल विश्वकपको ऐतिहासिक क्षण सावित भयो ।
खेलको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गरेपनि डिफेन्डिङ च्याम्पियन इटालीको बाटोमा स्लोभाकिया बाधा बन्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद