Daily Archives: 24/06/2010

यौन व्यवसायमा नलागेको भन्दै दर्जनौ महिला कुबेतमा बन्धक


शंकर खरेल, सुनसरी, ९ अषाढ । यौन व्यवसायमा नलागेकाले खाडी मुलुक कुबेतको फाहाहिलमा दर्जनौ नेपाली महिलालाई बन्धक बनाएर राखेको खुलासा भएको छ । भारतको दिल्लीबाट लगिएका अधिकांश महिलासित नेपाल र्फकन चाहने महिलालाई १ लाख ५० हजार रुपैयाँसम्म फिरौती माग्न थालिएको छ ।

फुत्केर दुई साताअघिमात्र नेपाल आएकी एक महिलाले यसवारे उक्त जानकारी दिएकी हुन । नेपाली महिलासमेतको संलग्नतामा खोलिएको एक म्यानपावर कम्पनीले यौन व्यवसायमा नलागेको भन्दै चार दर्जन महिलालाई बन्धक बनाएर राखेको खुलासा उनले गरेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

छोरीले एउटा भाइ चाहिन्छ भनिरहेकी छिन्


छोरीले एउटा भाइ चाहिन्छ भनिरहेकी छिन्; विष्णुमाया विक, सभासद् एमाले

 पढ्नुपर्छ भन्ने ज्ञान नआएको भए सायद विष्णुमाया विक यतिबेला पार्टीको उपल्लो तह र सभासद् हुने थिइनन् । समाजमा दलित समुदायको एउटी बालिकाले गरेको संघर्षमय कथा निकै रोचक छ ।

अध्ययनका लागि उनले गरेको संघर्ष पार्टी राजनीति फरक भूगोलको कर्मथलोमा विष्णुमायाले गुजारेका दिन’bout कुराकानीमा उनले यस्तो अभिव्यक्ति दिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

गर्मीमा ग्ल्यामरस्


galmमौसम उखरमाउलो बनेको छ । गर्मीले शरीरका कपडा कहाँ फालुँ भएको छ । कम कपडा लगाउने फेसनलाई साथ दिएको छ गर्मीले । अनि राजधानीका मेट्रो युवती किन नलगाउन छोटा कपडा । बाहिर बजारमा निस्कँदा पुरै अंग ढाक्ने युवती त चामलमा बियाँ बन्न लागिसकेका छन् । हुन पनि गर्मी भनेको गर्मी नै हो त्यो मौसमको पनि हुन सक्छ उमेरको पनि अनि वैंशको ।

उमेरमा नै हो राम्रो देखिने अनि फस्ट र सेकेण्ड लुक खाने । त्यसैले फेसनको समर संस्करणमा आफ्नो कायामा वैंशालु छायाँ पारेर हिँडेका देखिन्छन् युवती । यसै पनि उमेरको गर्मी त्यसमाथि पाश्चात्य फेसनको नक्कल त्यसलाई साथ दिएको मौसमले अनि आधा अंग बाहिर र आधा भित्र पर्ने समर फेसन किन नदिउन आधुनिक युवा जमातले ।

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली मन्त्री नेपाली बोल्नै जान्दिनन्


image

 काठमाडौं, नेपाल सरकारकी एक मन्त्री नेपाली नै बोल्न जान्दिनन् । नेपाली उनी कठिनसँग बुझि्छन्, तर जवाफ फर्काउन सक्दिनन् ।
भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावतीदेवी पासवान आफ्नै दल फोरम लोकतान्त्रिकका सभासद् प्रमोद गुप्तासँग झगडा भएपछि अहिले चर्चामा छिन् । गृहजिल्ला बारा सदरमुकाममा उनीहरूबीच आमाका नाममा हिन्दीमा गालीगलौज भएपछि विवाद चर्किएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रजिअ तथा सहायक प्रजिअ नहुँदा नागरिकताको काम ठप्प


खोटाङ, असार १० – प्रमुख जिल्ला अधिकारी नहुँदा खोटाङमा नागरिकता बनाउने काम ठप्प भएको छ। प्रजिअ केशवराज आचार्य बाबुको उपचारका लागि गत शनिबार काठमाडौं गएका र सहायक प्रजिअ सुनिल निरौला यही असार १० गते हुने आफ्नो विवाहका लागि एक हप्ताअघि काठमाडौं गएपछि जिल्लामा नागरिकता बनाउने काम ठप्प भएको कार्यालयका नायबसुब्बा लीला विश्वकर्माले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिको बाधक माओवादी-मन्त्री रिजाल


इलाम (मङ्गलवारे),  संविधानसभा, सङ्घीय मामिला, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री मीनेन्द्र रिजालले माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरेसम्म सहमति हुन नसक्ने बताएका छन्।माओवादीको जिद्दीका कारण सहमति हुन नसकेको उल्लेख गर्दै उनले शान्ति र अग्रगमनको बाटोमा आए माओवादीले सरकारको नेतृत्व गर्न सक्ने समेत बताए। पढ्नेक्रम जारी राख्नुहोस्

आमा हुनु त यस्तो


1क्यारियर गुम्ने डरले नायिकाहरू उमेरमै बिहे गर्न मान्दैनन् । बिहेसँगै जवानी घट्ने र निर्माता, निर्देशकको आँखाबाट हराइने डरका कारण पनि उनीहरूको ध्यान केवल क्यारियरतिर मात्र हुने गर्छ तर बलिउडमा यस्ता नायिकाहरू पनि छन, जसले बिहेपछि पनि आफ्नो छविलाई जीवन्त राखेका छन् ।

भारतीय मूलका अमेरिकी चिकित्सकसँग बिहे गर्नुभएकी बलिउडकी धकधक गर्ल माधुरी दीक्षितको यौवनमा कुनै कमी आएको छैन । दुई सन्तानको आमा भइसक्नुभएकी उहाँ अन्य चल्तीका नायिकाभन्दा कम देखिनु हुन्न । नृत्यमा पोख्त उहाँ अहिले पनि अभिनयमा नै सक्रिय हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

इङ्ल्याण्ड, अमेरिका, जर्मनी र घाना अन्तिम १६ मा


logo१० असार, इङ्ल्याण्ड, अमेरिका जर्मनी र घाना दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समुह ‘सी’मा रहेका इङ्ल्याण्ड र अमेरिका समान ५/५ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका हुन् । समान ५/५ अंक रहेको अमेरिका गोल औसतको आधारमा समुह विजेता बन्यो भने इङ्ल्याण्डलाई उपविजेतामै चित्त वुझाउनु पर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्