काभ्रेको कफीले बजार पाएन


काभ्रेको अति विकट मानिने गाविसमा कफीले बजार नपाउँदा किसान निराश बनेका छन् । जिल्लाकै मिल्चे, सालधारा र च्याम्राङबेसीका किसानबाट उत्पादित करिब पाँच टन कफीले बजार नपाएपछि घरघरमै थन्किएर बसेको साल्धाराका किसान उत्तम दर्लामीले बताए ।

गत वर्ष छिमेकी जिल्ला ललितपुरका व्यापारीलाई प्रतिकेजी रु १६० मा बिक्री गरेका किसानले यस वर्ष प्रतिकेजी कफी रु ११० मा पनि बिक्री भएको छैन । मकैको सट्टा कफी लगाइयो तर बिक्री नहुँदा घर चलाउनसमेत गाह्रो पर्ने भयो, च्याम्राङबेँसीका गोविन्द दाहाल बताउछन ।

यहाँका किसानले पूर्ण प्राविधिक ज्ञानबिनानै फस्टाएको कफीखेतीबाट राम्रो आम्दानी भए पनि बजार नपाउँदा किसानमा चिन्ता छाएको दाहाल थप्छन । उनि भन्छन- विगतमा प्राविधिक सहयोग गर्दैआएका कफी व्यवसायी सङ्घ र जिल्ला कृषि विकास कार्यालय लगायतले थप सहयोग पुर्‍याए कफी खेतीबाट लाभ लिन सकिने थियो ।

कफीखेतीसम्बन्धी तालिम र प्राविधिक ज्ञान, कफीको बिरुवामा ५० प्रतिशत अनुदान र कफी प्रशोधन मेसिन सहुलियत दरमा उपलब्ध गराउँदैआएको कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.