विश्वकप फूटबल


इतिहास

विश्वकप फुटबल प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) सँग जोडिएको छ। सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल संघको रूपमा ‘इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन’ (एफए)गठन भइसकेको थियो। केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल संघहरू स्थापना हुन थाले। यसरी फुटबल खेल र त्यसका राष्ट्रिय संघहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल संघको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो। यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्ड्समेत सात देशका प्रतिनिधिहरु फ्रान्सको राजधानी पेरसिमा भेला भई २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था ‘अन्तराष्ट्रिय फुटबल महासंघ’ (फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफा) को औपचारकि गठन गर्‍यो। त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अद्यापि जारी छ। अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन्। नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको थियो।

विश्व कप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ। सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलोपटक समावेश गरएिको थियो। ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाली अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्‍यो, जस्मा हरेक चार-चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्व कप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने साथै अर्को वर्ष सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्‍यो। फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्तादियो देल सेन्टेनारयिोमा आईतबार १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भयो।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ मात्र थियो। त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा केवल १३ देश मात्र सहभागी भएका थिए। तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो अत: फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट मात्र भएका थिए। त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो। तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्‍याइयो। पुनः १९९८ को १६ औं संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्‍याइएको हो। हाल सम्मलाई यही संख्या कायम राखिएको छ। विश्वकप फुटबल प्रतियोगिता लाई प्रथम पटक सन १९५४ देखी टेलिभिजन मार्फत प्रसारण गरी खेलकुद जगतमा सबै भन्दा धेरै दर्सकहरुले हेर्ने खेल को रुपमा लिएन्छ ।

विश्वकप फुटबल प्रतियोगिता लोगोहरु:-

विश्वकप फुटबल प्रतियोगिताको शृंखलाबद्ध तालिका:

(नोट: दोस्रो विश्वयुद्धका कारण सन १९४२ र १९४६ को प्रतियोगिताहरु स्थगित गरिएको थियो)

Year

Host

Winner

Score

Runners-up

1930 Uruguay Uruguay (4 – 2) Argentina
1934 Italy Italy (2 – 1) Czechoslovakia
1938 France Italy (4 – 2) Hungary
1950 Brazil Uruguay (2 – 1) Brazil
1954 Switzerland West Germany (3 – 2) Hungary
1958 Sweden Brazil (5 – 2) Sweden
1962 Chile Brazil (3 – 1) Czechoslovakia
1966 England England (4 – 2) West Germany
1970 Mexico Brazil (4 – 1) Italy
1974 West Germany West Germany (2 – 1) Netherland
1978 Argentina Argentina (3 – 1) Netherland
1982 Spain Italy (3 – 1) West Germany
1986 Mexico Argentina (3 – 2) West Germany
1990 Italy West Germany (1 – 0) Argentina
1994 United States Brazil (0 – 0, penalty: 3 – 2) Italy
1998 France France (3 – 0) Brazil
2002 Korea & Japan Brazil (2 – 0) Germany
2006 Germany Italy (1 – 1, penalty: 5 – 3) France
2010 South Africa  – – – – – – – – –
2014 Brazil  – – – – – – – – –

विश्वकप ट्रफी

विश्वकप फूटबल प्रतियोगिता मा प्रदान गरिने ट्रफी पूर्णत सुद्ध सुन द्वारा बनाइएको हुन्छ। यो ट्रफी तत्कालिन फिफा प्रेसिडेन्ट जुलिस रेमिटको नाम द्वारा नामाकरन गरिएको थियो त्यसैले यस ट्रफी लाई जुलिस रेमिट ट्रफी भन्ने गरिन्थ्यो, यो ट्रफी सन १९३० देखी सन १९७० सम्म प्रदान गरियो, सन १९७० को प्रतियोगिता सँगै ब्राजिल तेस्रो पटक बिजयी भएकोले तत्कालिन फिफाको नियम बमोजिम ब्राजिललाई नै सधैंको निम्ती यो ट्रफी सुम्पियो यद्धपी सन १९८३ मा यो ट्रफी ब्राजिलको रिओ दे जेनेरिओ बाट आस्चर्यजनक तरिकाले हराएको थियो जुन आज सम्म भेटीएको छैन। सन १९७० पस्चात नयाँ ट्रफी तयार गरी “फिफा वोर्ल्ड कप ट्रफी” नामकरण गरियो साथै यस ट्रफीको तल्लो भागमा प्रतेक बिजेता राष्ट्र लाई सधैंको निम्ती सुम्पिने ब्यबस्था लाई हटाइएको छ।

विश्वकप फूटबल प्रतियोगिता मा प्रदान गरिने अन्य अवार्ड्हरु:

१) स्वर्ण / रजत / कास्य बल : यो अवार्ड्हरु प्रतियोगिता भरीकै उत्कृष्ट प्रथम, दोस्रो र   तेस्रो हुने खेलाडीहरुलाई प्रदान गरिन्छ।

२)  एडिडास स्वर्ण / रजत / कास्य बुट :  यो अवार्ड्हरु प्रतियोगिता भरी सर्बाधिक प्रथम, दोस्रो र तेस्रो गोल कर्ताहरुलाई सन १९८२ देखि प्रदान गरिदै आएको छ।

३) यासिन अवार्ड : यो अवार्ड प्रतियोगिता भरीकै उत्कृष्ट गोलरक्षक लाई प्रदान गरिन्छ। सर्बप्रथम यो अवार्ड सन १९९४ मा प्रदान गरिएको थियो।

४) फिफा फेयर प्ले अवार्ड : यो अवार्ड प्रतियोगिता भरीकै सबैभन्दा अनुशासित टीम लाई सन १९७८ देखि प्रदान गरिदै आएको छ।

५) मोष्ट इन्टरर्ट्रैनिङ टीम अवार्ड : यो अवार्ड प्रतियोगिता भरीकै सर्बोउत्कृष्ट मनोरन्जन प्रदान गर्ने टीम लाई सन १९९४ देखि प्रदान गरिदै आएको छ।

६) वेष्ट योङ प्लेयर अवार्ड : यो अवार्ड प्रतियोगिता भरीकै सबै भन्दा कान्छा एबम उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ। (यो अवार्डको लागि कम्तिमा २१ बर्ष भन्दा कम उमेरको हुनु पर्नेछ) सर्बप्रथम यो अवार्ड सन २००६ मा प्रदान गरिएको थियो।

विश्वकप फुटबल प्रतियोगिता गोल्डेन बूट बिजेताहरु:-

विश्वकप फूटबल प्रतियोगिताका किर्तिमानहरु :-

१)  मेक्सिकोका एन्तोनियो र जर्मनीका लोथर म्याथुस मात्र यस्ता खेलाडी हुन जस्ले लगातार पाँच पाँच पटक सम्म विश्वकप फूटबल प्रतियोगिता खेलेका थिए।

२)  ब्राजिलका पेले एक मात्र खेलाडी हुन जस्ले तीन पटक सम्म विश्वकप जिताएका थिए।

३) विश्वकप प्रतियोगिताका सर्बाधिक गोल कर्ता ब्राजिलका रोनाल्डो हुन, उन्ले तीन प्रतियोगितामा १५ गोल गरेका थिए।

४) विश्वकप प्रतियोगिताका सबै भन्दा कान्छा गोल कर्ता पेले हुन उनले सन १९५८ को प्रतियोगितामा वेल्सका बिरुद्ध एक गोल गरेका थिए भने त्यती  बेला उनी सिर्फ १७ बर्ष २३९ दिनको मात्र थिए भने रोजर मिल्ला सबै भन्दा बुढा (क्यामरुन) खेलाडी हुन उनले सन १९९४ मा रसियाको बिरुद्ध गोल गर्दा ४२ बर्ष ३९ दिन पुगेका थिए।

५)  हाकान सुकुर (तुर्की) द्वारा गरिएको गोल नै आज सम्मको छिटो समयमा गरिएको गोल हो उनले खेल शुरु भएको सिर्फ ११ सेकेन्ड मा दक्षिण कोरिया बिरुद्ध सन २००२ मा गोल गरेको थिए।

६) फाउल खेले वापत इटालिको माउरो टासोटी लाई लगाइएको प्रतिबन्ध नै विश्वकप फूटबल प्रतियोगिताका आज सम्मको लामो सजाय हो, माउरो टासोटी लाई सन १९९४ को प्रतियोगितामा ८ खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।

साभार: बिभिन्न पत्र पत्रीकाहरु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.