कुखुराको मासु १५ रुपैयाँ सस्तो


असार ९ (नागरिक) -कुखुरा व्यवसायीले मासुको मूल्य सोमबारदेखि लागु हुनेगरि प्रति किलो १५ रुपैयाँ घटाएका छन् । कुखुरा पाल्ने किसान, मासु बिक्रेता र दाना उद्योगीको संयुक्त बैठकले मासुको मूल्य किलोको एकसय ७० रुपैयाँ गर्ने निर्णय भएको कुखुरा बिक्री व्यबसायी संघका महासचिव जंगबहादुर बिसीले बताए ।

किसानले भने जिउँदो कुखुरा बेच्दा किलोको एकसय २० रुपैयाँ पाउनेछन् । जिउँदो कुखुराको मूल्य किलोको १० रुपैयाँ घटाउन व्यबसायीले सहमति जनाएका छन् ।

चल्लाको मूल्य १० रुपैयाँ घटाउने सहमति अनुसार हामीले पनि कुखुराको मूल्य घटाएका हौं, कुखुरा पालक किसान संघका अध्यक्ष गोकर्ण घिमिरेले बताए । किसानले अब प्रतिगोटा चल्ला ५० रुपैयाँमा पाउने भएका छन् । गर्मी बढेपछि कुखुरा मर्ने क्रम बढेको र बजारमा कुखुराको आपूर्ति पनि बढेकोले मूल्य घटाइएको घिमिरेले बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.