अर्जेन्टिना र दक्षिण कोरिया अन्तिम १६ मा, फ्रान्स र दक्षिण अफ्रिका बाहिरियो


logo८ असार, अर्जेन्टिना र दक्षिण कोरिया जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । समुह चरणको अन्तिम खेलमा मंगलबार राति ग्रीसलाई दुई शून्य गोलले पराजित गर्दै अर्जेन्टिना समुह बी को विजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

यस्तै गएराति भएको अर्को खेलमा दक्षिण कोरियाले नाइजेरियासँग २-२ गोलको बराबरी खेल्दै समुह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । अब अर्जेन्टिनाले आगामी आइतबार समुह ए को उपविजेता मेक्सिकोसँग भिड्ने छन् भने दक्षिण कोरियाले शनिबार समुह ए को विजेता उरुग्वेसँग भिड्ने छन् ।

यस्तै उरुग्वे र मेक्सिको पनि अन्तिम १६ मा प्रवेश गरेका छन् । उरुग्वे सात अंकका साथ समुह ए को विजेता बन्दै तथा मेक्सिको चार अंकका साथ उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । समुह चरणको गएराति भएको अन्तिम खेलमा मेक्सिकोलाई एक शून्य गोल अन्तरले हराउँदै उरुग्वे समुह विजेता बन्न सफल भयो ।

हारका बाबुजुत पनि मेक्सिको गोल अन्तरका आधारमा समुहको उपविजेता बन्न सफल रह्यो । मंगलबार राति भएको समुह चरणको अन्तिम खेलमा फ्रान्सलाई दुई एक गोल अन्तरले हराएको आयोजक राष्ट्र दक्षिण अपि्रुका भने गोल अन्तरका आधारमा मेक्सिको भन्दा पछि रहँदै प्रतियोगिता बाटै बाहिरिएको छ ।

विश्वकपको अयोजक राष्ट्र समुह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । फिफा वरियतामा ९ औं स्थानमा रहेका फ्रान्स पनि हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.