इतिहास
विश्वकप फुटबल प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) सँग जोडिएको छ। सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल संघको रूपमा ‘इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन’ (एफए)गठन भइसकेको थियो। केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल संघहरू स्थापना हुन थाले। यसरी फुटबल खेल र त्यसका राष्ट्रिय संघहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल संघको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो। यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्ड्समेत सात देशका प्रतिनिधिहरु फ्रान्सको राजधानी पेरसिमा भेला भई २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था ‘अन्तराष्ट्रिय फुटबल महासंघ’ (फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफा) को औपचारकि गठन गर्यो। त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अद्यापि जारी छ। अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन्। नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्