विश्वकपमा अनुमानभन्दा बढी अवलोकनकर्ता


फिफा विश्वकप हेर्न र सहभागी हुनका लागि विश्वभरबाट दक्षिण अफ्रिकामा जून १ देखि १३ को बीचमा ४ लाख ५६ हजार अन्तर्राष्ट्रिय यात्रु आएको दक्षिण अफ्रिकाको फिफा २०१० को स्थानीय समिति (एलओसी) प्रमुख कार्यकारी अधिकृत ड्यानी जोर्डानले जानकारी दिएका छन् । खेल सुरु हुनुभन्दा केही समयअघि गरिएको अनुमानभन्दा बढी अवलोकनकर्ताले दक्षिण अफ्रिकाको भ्रमण गरेका छन् । सुरुमा ३ लाख यात्रु दक्षिण अफ्रिका आउने अनुमान गरिएको थियो, तर गत वर्ष पूरै खेल अवधिभर ४ लाख ५० हजार यात्रु आउने एक अध्ययनले अनुमान गरेको थियो ।
जोर्डनले आइतबार जोहानेसबर्गमा सन्डे टाइम्सलाई ३० लाखभन्दा बढी टिकटमा ९८ प्रतिशत टिकट बिक्री भइसकेको जानकारी दिए । टिकटको यो बिक्री संख्या सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा भएको बिक्रीलाई उछिन्ने संकेत मिलेको छ ।
जोर्डनले २४ करोड अमेरिकी डलर बराबारको टिकट बिक्री भइसकेको र खेलमा सहभागी हुनका लागि थप ४ करोड अमेरिकी डलर बराबारको टिकट बिक्री हुने बताए ।
योमध्ये फुटबलको विकासका लागि दक्षिण अफ्रिकाको फुटबल संघले ७ करोड ७ लाख अमेरिकी डलर छुट्याएको छ ।
जोर्डनले सुरुको २० खेलमा लाखौं दर्शक सहभागी भएको जानकारी दिएका छन् । ११ खेलमा सहभागीको ९७ प्रतिशत मानिसले सहभागिता देखाएका थिए र यो खेलले विश्वभरका ५० करोड टेलिभिजनको दर्शकलाई आकर्षित गरेको पनि उनले खुलासा गरे ।
ग्लोबल बिजनेस र अडिट एडभाइजरी फर्म ग्रान्ट थ्रोनटनले गरेको अनुसन्धानमा विश्वकपले दक्षिण अफ्रिकामा १८ अर्ब अमेरिकी डलर भित्र्याएको सन्डे टाइम्सले उल्लेख गरेको छ ।
जोर्डनले यो तथ्यांकलाई दक्षिण अफ्रिकाका लागि असाधारण भएको विश्लेषण गरेका छन् ।
उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टिम बफाना बफानाको खेलसम्म यो टुर्नामेन्टलाई उत्साह प्रदान गर्नका लाग प्रशंसकहरूलाई आह्वान गरेका छन् ।
“विगतका दिनहरूमा खेलमा राम्रो उपस्थिति भएको देखेका छौं । दक्षिण अफ्रिका विश्वकपको आयोजना गर्न पाउँदा धेरै उत्साहित भएको छ,” उनले भने ।
बिजनेस युनिटी साउथ अफ्रिकाका प्रमुख कार्यकारी जेरी भिलाकाजीले दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकप अमूल्य भएको टिप्पणी गरेका छन् ।
“प्रत्येक दिन हाम्रो देशको विश्वका लाखौं जनतामा भएको प्रसारणको तथ्यांकलाई तपाईं कसरी आकलन गर्नुहुन्छ ?” उनले प्रश्न गरे ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.