यसरी बिते ज्ञानेन्द्रका पाँच दिन


बारा,  पाँच दिनको बारा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र आइतबार काठमाडौं फर्किएका छन । धार्मिक यात्राका नाममा यहाँ बस्दा उनले आफ्ना समर्थकसित गोप्य भेटघाट र छलफलसमेत  गर्न भ्याए ।

गत बुधबार बिहान सवा नौ बजे बुद्ध एयरको उडनबाट सिमरा विमानस्थल उत्रेका पूर्वराजा ज्ञानेन्द्रले परवानीपुर बजारमा ढेड करोड रुपैयाँमा निर्मित वैष्णवी दुर्गा मन्दिरको उद्घाटन गरे ।  उनको स्वागतमा सडकमा लामबद्ध हजारौँ सर्वसाधारणले वृद्धभत्ता नपाएकोदेखि तराईमा चन्दा आतंक र सुरक्षाको स्थिति दयनीय भएको भन्दै गुनासो गरेका थिए ।

मन्दिर उद्घाटनका क्रममा पूर्वराजा ज्ञानेन्द्रले एमाले बाराका सचिवालय सदस्य तथा पूजा समिति अध्यक्ष अमर यादवलगायतका २० जनालाई प्रशंसापत्र वितरण गरे । कार्यक्रममा ज्ञानेन्द्रलाइ पूजा समितिका तर्फबाट समेत अभिनन्दन गरियो । पाँच दिनको बास पूर्वराजा ज्ञानेन्द्रले आफ्ना बालसखा तथा व्यावसायिक साथी प्रभुशमशेर जबराको सिमरास्थित फार्ममा गरे । उनी त्यहाँ रहुन्जेलसम्म प्रभुनिवासलाई सुरक्षाकर्मीले कडा सुरक्षा घेरामा राखेेका थिए ।
बिहीबार दिउँसो आफैँ ल्यान्डक्रुजर गाडी हाँकेर ज्ञानेन्द्र वीरगन्ज पुगी प्रसिद्ध गहवामाई मन्दिरमा पूजा गरे । त्यहाँ उनले आफ्ना समर्थकसित गोप्य भेटघाट गरे । यसका लागि उनी शाही नातेदारकै सम्झना होटलमा बसे । स्रोतका अनुसार त्यहाँ रहँदा उनले पूर्वमन्त्री, राजसभा मनोनीत सदस्य, क्षेत्रीय, अञ्चल प्रशासक, हिन्दूवादी, राप्रपा नेपालका नेता, व्यापारी, पूर्व वरिष्ठ प्रहरी अधिकृतलगायतसित घन्टौँ कुराकानी गरेकोे स्रोतले बतायो ।
शुक्रबार बिहान पूर्वराजा ज्ञानेन्द्र पूजाअर्चना गर्न प्रसिद्ध बाराको गढिमाई मन्दिर पुगेका थिए । मन्दिरका मूलपुजारी मंगल चौधरीसित उनले ‘देशमा अशान्ति छ, शान्ति र अमनचयनको निम्ति मलाई राम्रोसँग देवीको पूजा गराउनुहोस्’ भन्दै आग्रह गरेका थिए । मन्दिरमा उपस्थितको ठूलो भीडले ‘हिन्दू सम्राट जिन्दावाद’ भन्दै नारा लगाएका थिए । त्यसै दिन उनले वीरगन्जको अर्को शक्तिपीठ विन्ध्यबासिनी मन्दिरमा समेत भगवतीको विशेष पूजापाठ गरे ।
विन्ध्याबासिनीको पूजा सकेर उनी सोझै शिख सरदार समुदायको वीरगन्जस्थित गुरुद्वारमा पूजा गर्न पुगेका थिए । दौरासुरुवाल, खादाको कुर्ता, जुवारीकोट र ढाका टोपीमा सजिएका पूर्वराजा ज्ञानेन्द्र शनिबार प्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहट पुगे । त्यहाँ उनले शिवनगरस्थित महादेव मन्दिरमा पूजा गरी एक सय २५ दृष्टिविहीनलाई सेतो छडी, दुई सय ५० महिला र पुरुषलाई धोती, कपडा, साडी आफ्नै हातले बाँडे ।
शनिबार साँझ उनका समर्थकले वीरगन्जस्थित मकालु होटलमा आयोजना गरेको शान्त भोजमा सहभागी भई उनले एक गिलास कोक खाए । बारा बसाइका क्रममा उनले पत्रकारहरूसित भने कुरा गर्न चाहेनन् । प्रभुनिवासमा रहँदा उनले सामान्य खाना खाएको स्रोतले जनाएको छ ।

One response to “यसरी बिते ज्ञानेन्द्रका पाँच दिन

  1. Hello Gyanendra what ever you will it right now its will nothing for Nepalese people tell us or Nepalese people truth history about Our Lovely, Educated, Intelligent King Birendra Shaha and his families you should compromise this political history in-front public then Nepalese people will judges your crime I love King families but not your family also I support King roll If you compromise this crime I should also Nepalese people God bless you Gyanendra always.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.