माओवादीले नेतृत्व नछाड्ने


काठमाडौं, एकीकृत माओवादी आफ्नो नेतृत्वबाहेक सरकारमा नजाने संकेत देखिएको छ।  मंगलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा बोल्ने प्राय नेताले संविधानसभामा ठूलो दलको हैसियतले माओवादी नेतृत्वबाहेकको सरकारले जनपक्षीय संविधान लेख्न नसक्ने ठोकुवा गरेका छन्।

सोमबारसम्म बोलेका नेताले माओवादी नेतृत्वबाहेक अन्य सरकारमा सहभागी हुनुभन्दा जनविद्रोहलाई पूरा गर्न तयारीमा लाग्नुपर्ने बताएका छन्। ४६ सदस्यीय पोलिटब्युरोमा बोल्न बाँकी पाँचजना मंगलबार बोलेपछि अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने र पार्टीले औपचारिक निर्णय लिनेछ। बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सहमति सरकार क्षीण भएको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

उपाध्यक्ष बाबुराम भट्टराई पक्षधरले ‘राष्ट्रिय सरकारले जसको नेतृत्वमा सहमति हुन्छ, त्यसका लागि नेतृत्व विकल्प राख्नुपर्ने’ भन्दै अध्यक्ष दाहालको विकल्प खुला गरेर अगाडि जानुपर्ने तर्क गर्दै आएका छन्। यसअघि स्थायी समितिले अध्यक्ष दाहाललाई नै राष्ट्रिय सहमति सरकारको नेतृत्वको रूपमा प्रस्ताव गर्ने निर्णय गरेको थियो।

‘विकल्प खुला गर्नुपर्छ भन्ने आवाज जति उठे पनि बोल्नेहरूको माहोल अध्यक्षकै नेतृत्वको प्रस्ताव लानेमै पक्कापक्की देखिन्छ,’ उपाध्यक्षद्वय मोहन वैद्य र भट्टराई दुवै पक्षमा नउभिएका एक तटस्थ पोलिटब्युरो सदस्यले नागरिकसित भने। उनका अनुसार निर्णय लिन पार्टीभित्र र बाहिर अध्यक्ष नै छरितो हुने भएकाले पनि दाहाललाई प्रस्ताव गर्ने सम्भावना बढेको हो।
अध्यक्ष दाहालपछिको पहिलो विकल्प भट्टराई नै भए पनि उनले वैद्य पक्षको सहमति खोज्न मुश्किल रहेको उनको भनाइ थियो। पार्टीमा महासचिव रामबहादुर थापा वा स्थायी समिति सदस्य कृष्णबहादुर महरालाई पार्टीभित्र दुवै पक्षको सहमति हुने भए पनि अहिले त्यस्तो सम्भावना नभएको उनको भनाइ थियो।
‘अध्यक्ष नभएपछि महासचिव थापा वा महराको ’boutमा विमति त नहोला तर बाह्यरूपमा त्यो सम्भावना त्यति देखिँदैन, बरु प्रतिपक्षमै बस्न तयार देखिन्छ,’ उनले भने, ‘बोल्ने सबै नेताले अरू दलको नेतृत्वमा सरकारमा नजाने बरु पार्टीलाई मजबुत बनाउन लाग्नुपर्ने जोड गरेका छन्।’
वैद्य पक्षधरले कसको नेतृत्वमा सरकारमा जानेभन्दा पनि त्यसलाई सैद्धान्तिक बहसको रूपमा अघि बढाएका छन् भने भट्टराई पक्षधरले सरकार र प्रधानमन्त्रीका लागि प्राविधिक कुरालाई उछालेको उनको भनाइ छ।

महाधिवेशन राष्ट्रिय भेलाले टार्ने
भट्टराई पक्षधरले बैठकमा महाधिवेशन माग गरे पनि सट्टामा राष्ट्रिय भेला हुने देखिएको छ। बैठकले महाधिवेशन एक वर्षलाई सारिएको निर्णय लिने छ। पूर्वघोषित तिथिअनुसार माघमा महाधिवेशन हुने गरी मिति तय हुनेछ। अध्यक्ष दाहालको प्रतिवेदनमा भेला आयोजना गर्ने प्रस्ताव छ।
भट्टराई पक्षधरले महाधिवेशन माग गरे पनि बार्गेनिङका लागि माग गरिएको वैद्य पक्षधरको आरोप छ। संगठन बलियो नभएकाले मनैदेखि महाधिबेसनमा जाने आँट भट्टराई पक्षधरसँग नभएको एक तटस्थ नेताले बताए।
‘माग गरे पनि भट्टराई पक्षधर महाधिवेशनमा जाने सम्भावना छैन,’ ती नेताले भने, ‘कुशल संगठक वर्षमान पुनबाहेक अरू त नेता नै नेता मात्र छन्। त्यसैले पनि भेला हुने सम्भावना छ,’ भट्टराई पक्षकै केही नेताले वैद्य पक्षधरको बोलीमा लोली मिलाउँदै महाधिवेशनको समय पर्याप्त नभएकाले भेला हुने सम्भावना औंल्याए।
‘राष्ट्रिय सम्मेलनसम्म भए पनि हुन्थ्यो तर सम्भावना त भेलाको मात्रै देखियो,’ भट्टराई पक्षधर एक नेताले भने।
समायोजनका तीन विकल्प ल्याइने माओवादीले सेना समायोजनका तीनवटा विकल्प अघि सार्ने भएको छ। बैठकमा बोल्ने सबैजसो वक्ताका भनाइ र अध्यक्ष दाहालको मौखिक प्रतिवेदनमा अन्तर नदेखिएकाले यस्तो सम्भावना देखिएको हो।
‘तीनवटा विकल्प लिएर जाने सम्भावना छ,’ एक पोलिटब्युरो सदस्यले भने। दाहालकै प्रस्तावअनुसार जनमुक्ति सेनाको छुट्टै फोर्स बनाउने पहिलो विकल्प हुनेछ। त्यसमा सहमति नभए जनमुक्ति सेनाको संख्या बराबर नेपाली सेना र नेपाल पुलिसलाई लिएर छुट्टै फोर्स बनाइने अर्का छ। यसमा पनि सहमति नभए तेस्रो विकल्पको रूपमा सेना र प्रहरीमा समायोजन गरिने दाहालको प्रस्ताव छ। यसका लागि माओवादीले यसअघि भन्दै आएको राजनीति गर्न चाहने, घर जान चाहनेबाहेक बचेका सबैलाई समयोजन गरिने माओवादी प्रस्ताव हुनेछ।
‘सरकार, कांग्रेस-एमालेले अघि सारेको समायोजन प्रस्तावले जनमुक्ति सेनालाई ‘आत्मसमर्पण’ गरेजस्तो ल्याएको छ, त्यो त स्विकार्ने कुरै हुँदैन,’ बोल्ने सबै पोलिटब्युरो सदस्यलाई उद्धृत गर्दै एक नेताले भने, ‘न नेपाली सेनाले जितेको हो न हामीले जितेका हौँ। समायोजन त दुवैको आत्मसम्मान हुने समान हुनुपर्छ।’ बैठक जारी छ।

 

Source: Nagarik

One response to “माओवादीले नेतृत्व नछाड्ने

  1. Well Great leader Puspa Kamal Dahal and Dr Babu Ram Bhattarai both of you great educated, intelligent leader please do fast something for Nepal we love you even are you still nothing doing, try to best in future next election also Maoist will won its sure don’t care NCP and UML logical proposal also other enemy.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.