पोर्चुगल, स्पेन र चिली विजयी; उत्तर कोरिया माथि गोल वर्षा


villa_spainपहिलो म्याचमा स्वीट्जरल्याण्डसँग हार बेहोरेको स्पेनले विश्वकपमा आफ्नो आशा जिवित राखेको छ । दक्षिण अफ्रीकाको जोहनेसवर्गको एलिस पार्क स्टेडियममा भएको प्रतिस्पर्धामा स्पेनले होन्डुरसलाई २-० ले पराजित गरेको छ । स्पेनका लागि प्रतियोगितामा निकै अवसर थियो । तर उसले आफ्ना प्रशंसकलाई निराश गरेन ।
यद्यपि स्पेनका खेलाडीले गोल गर्ने कयौ सुनौला अवसर गुमाए । स्पेनको तर्फबाट डेविड भियाले पहिलो हाफको १७औं मिनेटमा गोल गरे ।

 डेविड भियाले नै खेलको ५१औं मिनेटमा दोस्रो गोल गरेर आफ्नो टीमको जित सुनिश्चित गरेका थिए । अब स्पेनले चिलीविरुद्ध खेल्नुपर्नेछ ।

टपमा चिली

पोर्ट एलिजावेथमा भएको प्रतियोगितामा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै चिली आफ्नो समूहको शिर्षस्थानमा रहन सफल भएको छ । स्पेनको सशक्त टीमलाई हराउने स्वीट्जरल्याण्डलाई चिलीले पराजित गरेको हो । चिलीका लागि यो जित यस अर्थमा पनि महत्वपूर्ण थियो कि स्पेनको सशक्त टिमलाई हराउने स्वीट्जरल्याण्ड यो प्रतियोगितामा खासै जम्न सकेन । जबकि चिलीले संयमसंग खेल्दै जित हासिल गरेको छ । उसको जित निकै महत्वपूर्ण यस कारण पनि छ कि स्पेनले आफ्नो पहिलो स्पर्धा हारेको थियो जबकि चिली लगातार जित्दै आएको छ ।

प्रतियोगितामा एक मात्र गोल प्रतिस्पर्धाको ७५औं मिनेटमा मार्क गोन्जालेजले गरेका थिए । तर यो स्पर्धा पनि खेलाडीलाई देखाइएको रातो र पँहेलो कार्डले रंगियो । पँहेलो कार्ड पाउने ९ खेलाढीमध्ये ६ जना चिलीका थिए । यही स्वीट्जरल्याण्डका खेलाडी वेलोन बेहरामीले रातो कार्ड खाएर मैदानबाट बाहिरिए ।

गोल वर्षा

यस पटकको विश्वकपको पोर्चुगल र उत्तर कोरियाबीचको खेलमा गोल वर्षा नै भयो । दोस्रो चरणमा पुग्नका लागि पोर्चुगलले निकै ठुलो अन्तरले यो स्पर्धा जित्नु आवश्यक थियो । त्यसैले पोर्चुगलले सुरुबाटै आक्रामक खेल्यो । खेलमा उसले जितेन मात्र ७-० ले उत्तर कोरियालाई हरायो । पोर्चुगिज कप्तान क्रीस्टियानो रोनाल्डोले स्पर्धामा एक गोल मात्र गरे । तर प्रतियोगितामा उनी किङ्ग मेकर रहे । पोर्चुगलको तर्फबाट पहिलो गोल २९औं मिनेटमा भयो । पोर्चुगिज खेलाडी राउल मिरालेसले डियाओबाट प्राप्त पासलाई गोलमा परिणत गरेका थिए । हाफ टाइमसम्म पोर्चुगल १-० ले अगाडि थियो ।

तर दोस्रो हाफमा पोर्चुगलले इतिहास नै रच्यो । खेल सुरु भएको ५३औं मिनेटमा पोर्चुगलले थप एक गोल गर्‍यो । दोस्रो हाफपछि गोलको सुरुवात गरे सिमाओले । यसपछि अल्मिडाले ५६औ र डियाओले ६०औं मिनेटमा, लिडसनले ८१औं र रोनाल्डोले ८७औं मिनेटमा गोल गरे । पोर्चुगलले ८९औं मिनेटमा थप एक गोल गरेर इतिहास बनायो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.