आजदेखि पोखरामा थ्रीजी मोबाइल


नेपाल टेलिकमले पोखरामा तेस्रो पुस्ता (थ्रीजी) मोबाइल सेवा सञ्चालन गर्ने भएको छ । थ्रीजीलाई सहरलक्षित योजना बनाएको कम्पनीले राजधानीभन्दा बाहिर पहिलो पटक मंगलबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । टेलिकमले पोखरामा १५ हजार थ्रीजी मोबाइल वितरण गर्न लागेको जानकारी दिएको छ । पोखरा बजारका लागि मात्र केन्द्रित रहेको यो सेवा अलि डाँडापाखामा राम्रो नेटवर्क आउन नसक्ने टेलिकममा अधिकारीले बताएका छन् ।

जीएसएम प्रविधिको यो सेवा विशेष गरी भिडियो कल, हाई स्पिडमा डाटा डाउनलोड, मल्टिमिडिया म्यासेज (एमएमएस) टेलिभिजन र इन्टरनेटका प्रयोगकर्ताको लागि उपयुक्त हुने कम्पनीका प्रवक्ता सुरेन्द्र थिकेले बताए । टेलिकमले प्रिपेड थ्रीजीका लागि १ हजार ५ सय रुपैयाँ मूल्य कायम गरी १ हजार रुपैयाँबराबरको टकटाइम दिने बताएको छ । त्यसैगरी पोस्टपेड मोबाइल सेवाका लागि सुरुमा २ हजार १ सय ३० रुपैयाँ तोकेको छ । यसमध्ये १ हजार रुपैयाँ बराबरको टकटाइम हुनेछ । १ हजार १ सय ३० रुपैयाँ स्वामित्व तथा क्रियाशील शुल्क लाग्ने कम्पनीका प्रवक्ता थिकेले बताए ।

थ्रीजी प्रिपेड सेवाको भिडियो कलका लागि प्रिपेडमा प्रतिमिनेट ५ रुपैयाँ र पोस्टपेड मोबाइलमा प्रतिकल४ रुपैयाँ कायम गरिएको छ । कम्पनीले थिज्री प्रिपेडको प्रतिएमएमएस महसुल ३ रुपैयाँ र पोस्टपेडमा २ रुपैयाँ ५० पैसा लाग्ने जनाएको छ । यस्तै, डाटाकल तथा भिडियो कल स्ट्रिमिङ शुल्क १ पैसाबराबर प्रति २ किलावाइट कायम गरेको छ ।

कम्पनीको असार मसान्तसम्म भिडियो कल स्ट्रिमिङमा १ पैसा बराबर ४ किलोबाइट सुविधा दिने भएको छ । यो सुविधा कम्पनीको वार्षिकोत्सवमा दिइएको सुविधा हो । “उपत्यकामात्रै १ लाख थ्रीजीका लागि ६२ वटा बीटीएस जडान गरिसकेको छ । यसका लागि ६२ वटा बीटीएस पर्याप्त हुन्छ,” प्रवक्ता थिकेले भने । टेलिकमले टेलिकमले उपत्यकामा सेवा सुरु भएको १ साताभित्रै पोखराबाट ७५ हजार थ्रीजी मोबाइल वितरण गर्ने घोषणा गरे पनि तीन महिनापछि १५ हजारमात्र बाँड्न लागेको हो ।

पोखरापछि विराटनगर, बुटवल, नेपागन्ज र वीरगन्ज गरी नेपालका सबै सहरकेन्द्रित बनाइने टेलिकम अधिकारीले बताए । पहिल्यै जीएसएम टुजी (दोस्रो पुस्ता) पोस्पेडको ग्राहक भइसकेकाहरूले २ सय ५० रुपैयाँ ‘सिम एक्टिभेसन चार्ज’ तिरेर थ्रिजी सेवा लिन सक्नेछन् । थ्रीजीबाट भिडियो कल गर्न दुवै पक्षसँग थ्रीजीकै मोबाइल आवश्यक पर्ने जानकारी टेलिकम स्रोतले दिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.