फिफा विश्वकप हेर्न र सहभागी हुनका लागि विश्वभरबाट दक्षिण अफ्रिकामा जून १ देखि १३ को बीचमा ४ लाख ५६ हजार अन्तर्राष्ट्रिय यात्रु आएको दक्षिण अफ्रिकाको फिफा २०१० को स्थानीय समिति (एलओसी) प्रमुख कार्यकारी अधिकृत ड्यानी जोर्डानले जानकारी दिएका छन् । खेल सुरु हुनुभन्दा केही समयअघि गरिएको अनुमानभन्दा बढी अवलोकनकर्ताले दक्षिण अफ्रिकाको भ्रमण गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/06/2010
विश्वकपमा अनुमानभन्दा बढी अवलोकनकर्ता
Posted in खेलकूद
आजदेखि पोखरामा थ्रीजी मोबाइल
नेपाल टेलिकमले पोखरामा तेस्रो पुस्ता (थ्रीजी) मोबाइल सेवा सञ्चालन गर्ने भएको छ । थ्रीजीलाई सहरलक्षित योजना बनाएको कम्पनीले राजधानीभन्दा बाहिर पहिलो पटक मंगलबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । टेलिकमले पोखरामा १५ हजार थ्रीजी मोबाइल वितरण गर्न लागेको जानकारी दिएको छ । पोखरा बजारका लागि मात्र केन्द्रित रहेको यो सेवा अलि डाँडापाखामा राम्रो नेटवर्क आउन नसक्ने टेलिकममा अधिकारीले बताएका छन् ।
जीएसएम प्रविधिको यो सेवा विशेष गरी भिडियो कल, हाई स्पिडमा डाटा डाउनलोड, मल्टिमिडिया म्यासेज (एमएमएस) टेलिभिजन र इन्टरनेटका प्रयोगकर्ताको लागि उपयुक्त हुने कम्पनीका प्रवक्ता सुरेन्द्र थिकेले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
जिमखाना धाउँदै रेजिना
नायिका रेजिना उप्रेती ‘बडी’ बनाउन जिमखाना जान थालेकी छिन् । पछिल्ला दिनमा केही मात्रामा भुँडी लागेको अनुभव भएकाले जिम गर्न थालेको बताउँछिन् उनी ।
उनी अचेल हरेक साँझ कमलपोखरीस्थित एउटा जिमखानामा एक्सरसाइजरत हुन्छिन् । एक साता भयो जिउ दुखेर मर्नु हुन्छ भर्खरै मात्र जिम गर्न सुरु गरेकी रेजिनाले भनिन् एक्सरसाइज गर्न छाडेको धेरै भएको थियो । फेरि सुरु गर्दा गाह्रो हुँदोरहेछ ।
पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
माओवादीले नेतृत्व नछाड्ने
काठमाडौं, एकीकृत माओवादी आफ्नो नेतृत्वबाहेक सरकारमा नजाने संकेत देखिएको छ। मंगलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा बोल्ने प्राय नेताले संविधानसभामा ठूलो दलको हैसियतले माओवादी नेतृत्वबाहेकको सरकारले जनपक्षीय संविधान लेख्न नसक्ने ठोकुवा गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
यसरी बिते ज्ञानेन्द्रका पाँच दिन
बारा, पाँच दिनको बारा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र आइतबार काठमाडौं फर्किएका छन । धार्मिक यात्राका नाममा यहाँ बस्दा उनले आफ्ना समर्थकसित गोप्य भेटघाट र छलफलसमेत गर्न भ्याए ।
गत बुधबार बिहान सवा नौ बजे बुद्ध एयरको उडनबाट सिमरा विमानस्थल उत्रेका पूर्वराजा ज्ञानेन्द्रले परवानीपुर बजारमा ढेड करोड रुपैयाँमा निर्मित वैष्णवी दुर्गा मन्दिरको उद्घाटन गरे । उनको स्वागतमा सडकमा लामबद्ध हजारौँ सर्वसाधारणले वृद्धभत्ता पढ्नेक्रम जारी राख्नुहोस्
पोर्चुगल, स्पेन र चिली विजयी; उत्तर कोरिया माथि गोल वर्षा

Posted in खेलकूद