ब्राजिलद्वारा आइभोरीकोस्ट ३-१ ले पराजित


logo६ असार, ब्राजिलले आफ्नो दोदोस्रो खेलमा आइभोरीकोष्टलाई ३-१ गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । पहिलो हाफको २५औं मिनेटमा लुईसको गोलको मद्धतले ब्राजिलले अग्रता लिएको थियो । दोस्रो हाफको ५०औं मिनेटमा लुईसले नै दोस्रा गोल गरेर टीमलाई दुई शून्यको अग्रता दिलाएको थियो ।

खेलको ६३औं मिनेटमा इलानोले अर्को एक गोल थपेर टीमलाई तीन शून्यको अग्रता दिलाएका थिए । आइभोरीकोस्टका डिडियर ड्रोग्वाले खेलको ७९औं मिनेटमा सान्त्वना एक गोल गरे पनि त्यो जीतका लागि अपर्याप्त रह्यो । आफ्नो टीमलाई जीत दिलाउनका लागि महत्वपूर्ण भूमिका खेलेका ब्राजिलका स्ट्राइकल काकाले तीन मिनेटको फरकमा दुईवटा एलो कार्ड पाएपछि ८८औं मिनेटमा उनी रेडकार्ड पाएर मैदान बाहिरिनु परेको थियो ।

न्यूजिल्याण्डले रोक्यो इटालीलाई बराबरीमा

न्यूजिल्याण्डले चारपटकको विश्वकप विजेता एवं डिफेन्डिङ च्याम्पियन इटालीलाई बराबरीमा रोकेको छ । दक्षिण अफ्रिकाको नेल्सपि्रट रंगशालामा आइतबार राति भएको दोस्रो खेलको पहिलो हाफको सातौं मिनेटमा शान स्मेल्जले पहिलो गोल गरेर न्यूजिल्याण्डलाई अग्रता दिलाएको थियो । इटालीका भाइनसेन्जो आइक्वाइन्टाले खेलको २९ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा रोकिएको हो । खेलको सातौं मिनेटमा गोल खाएपछि दवावमा परेको इटालीले खेलको दोस्रो हाफपछि फर्ममा आएपनि गोल भने गर्न सकेन । यसअघि पनि दुवै टीमले आफ्नो पहिलो खेलमा बरावरी खेलेका थिए । पहिलो खेलमा इटाली दक्षिण अमेरिकी राष्ट्र पराग्वेसंग बरावरी खेलेको थियो भने न्यूजिल्याण्डले स्लोभाकियालाई बरावरीमा रोकेको थियो ।

पाराग्वेद्वारा स्लोभाकिया २-० गोलले पराजित

यस्तै आइतबार साँझ भएको पहिलो खेलमा पाराग्वे विजयी भएको छ । स्लोभाकियालाई दुई शून्य गोल अन्तरले पराजित गर्दै पाराग्वेले अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । स्लोभाकियसँग भोगेको पराजयसँगै पाराग्वेको अघिल्लो चरण प्रवेशका लागि कठिन बनेको छ । खेलको पहिलो हाफको २७ औं मिनेटमा इनरेक्वू भेराले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८५ औं मिनेटमा रीभेरोसले अर्को गोल गरेपछि पाराग्वेको जीत सुनिश्चित भएको हो । स्लोभाकियाले पनि गोल गर्ने थुप्रै अवसर पाएको भएपनि गोलमा परिणत गर्न नसकेपछि खेल पाराग्वेको पक्षमा गएको हो । पाराग्वेले आफ्नो पहिलो खेल इटालीसँग बराबरी खेलेको थियो भने स्लोभाकियाले न्युजिल्याण्डसँग एक/एक गोलको बरावरी खेलेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.