‘सेक्स’ ’bout विश्वकपमा विभिन्न पदाधिकारीहरुको फरक फरक धारणा आइरहेको छ। त्यसमा म्याराडोना उदार छन्। ‘रात भर जागा नबसी हो भने ‘सेक्स’ ले फरक पर्दैन’, म्याराडोनाले विश्वकपका दौरान ‘सेक्स’ कतिको सान्दर्भिक छ भन्ने प्रश्नमा भने, ‘सेक्सका समयमा आउने अप्ठायरा आशन महिलाले जिम्मा लिदा सम्म खेलाडीलाई फरक पर्दैन।
दक्षिण कोरियामाथी ४–१ को विजय हात पारेपछि म्याराडोनाले सबै खेलाडीलाई अंगालो मार्दै हलुका चुम्बन समेत गरेका थिए। ‘तर म यो मामिलामा महिलालाई नै प्राथमिक्तामा राख्छु’, ३१ वर्षीया भेरोनिकासँगको आफ्नो प्रेम प्रसंग उजगार गर्दै म्याराडोनाले भने, ‘मेरा खेलाडीलाई राम्रो खेल्दा म उनीहरुलाई प्रशंसा र बधाई दिन्छु।’
यस्तो खेलाडीलाई प्रशिक्षण गराउन पाउदा आफुलाई अर्जेन्टिनाको प्रशिक्षक बन्नु निकै सजिलो जागिर भएको म्याराडोनाले बताए। प्रशिक्षणको पर्याप्त ज्ञान नभएको भन्दै राष्ट्रिय टोलीको प्रशिक्षक बनेकोमा म्याराडोनाको आलोचना गर्ने पेलेसहितको लामो सुचिलाई उनको जबाफ थियो। म्याराडोनाको मैदान बाहिरका प्रसंगले दक्षिण अफ्रिकाको विश्वकप तातेको भन्नेहरु अहिले बढेका छन्। अर्जेन्टिनाले विश्वकप जितेमा नाङगै हिडछु भन्दै म्याराडोनाले विश्वकप तताएका थिए।
Source: Nagarik