
शोधबाट दिनमा दुईदेखि चार कपसम्म कफी पिउँदा पनि मुटुको विमारी हुने खतरा कम हुने तथ्यको खुलासा भएको छ। यद्यपि यो कुरामा फरक फरक रिपोर्टबाट चियामा दुध मिलाउँदा पलिफिनोलको प्रभाव कम हुने तथ्य प्राप्त भएको छ। पलिफिनोल चियामा पाइने पदार्थ हो जुन निकै लाभदायी मानिन्छ । कफीमा यस्तो गुण हुन्छ जसले एक साथ जोखिम बढाउछ पनि र घटाउछ पनि । यसको सेवनबाट जहाँ एकतर्फ कोलेस्ट्रोल बढ्छ यही अर्कोतर्फ यो मुटु रोगसँग लड्छ पनि । तर अध्ययनमा यो पनि भनिएको छ कि यदि तपाई दिनमा दुईदेखि चार कप कफी पिउनु हुन्छ भने यसबाट विरामी हुने खतरा २० प्रतिशतले कम हुन्छ ।
अध्ययनको नेतृत्व गरेका प्राध्यापक वोनी बान्डर शाले भने- चिया वा कफी मन पराउने व्यक्तिका लागि यो अध्ययन राम्रो खबर हो । यसको सेवनबाट मृत्युको जोखिम उत्पन्न नगराइकनै मुटुको स्वास्थ्य राम्रो बनिरहन्छ। बृटिश हर्ट फाउण्डेशनकी एलेन म्यासनले भनिन-यो अध्ययनबाट ती प्रमाणलाई बल मिल्दछ कि हल्का मात्रामा चिया वा कफी सेवन अधिकांश व्यक्तिका लागि नकारात्मक छैन । यद्यपि यदि तपाई कफीका साथ चुरोट पिउनु हुन्छ भने यो सबै फाइदा समाप्त हुनेछ । उनले भनिन- हामीले यो कुरा ख्याल गर्नुपर्छ कि यदि तपाई आफ्नो मुटुलाई स्वस्थ राख्न चाहनु हुन्छ भने कुल मिलाएर एक स्वस्थ्य जीवन शैली अपनाउनुपर्नेछ ।