Daily Archives: 21/06/2010

नौ हजार किलो सुन हरायो


विजय खत्री, काठमाडौं

यो आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले १४ हजार किलो सुन आयात गरेकामा छ हजार किलो आन्तरिक बजारमा खपत भएको छ भने नौ हजार किलो सुन बजारबाट गायब भएको छ । हाल भारतको खुल्ला नीतिले गर्दा विगतजस्तो नेपालबाट सुन भारततर्फ पुनर्निकासी नहुने हुनाले नौ हजार किलो सुन नेपाली घर–घरमा थन्किएको हुनसक्ने अर्थविद्हरूको अनुमान छ । विगत वर्षहरूको तुलनामा यस वर्ष दोब्बरभन्दा बढी आयात हुँदा पनि सुन कहाँ गयो भनेर कसैले पनि पत्ता लगाउन सकेको छैन । केन्द्रीय बैंकदेखि राजस्व अनुसन्धान विभागलगायतका कुनै पनि निकायले गायब भएको सुन खोज्ने जाँगर देखाएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

कालीगण्डकी बचत समुह “पुनर्गठन”


जय आले, कुवेत

“सानो बचत ठुलो सृजना” भन्ने मुल उद्देश्यका साथ, गत १५ जनवरी २०१० को दिन कुवेत नगरीमा गठित कालीगण्डकी बचत समुह नेपाल कुवेतको स्थापना भएको ६ महिनामै पुनर्गठन भएको छ । पुनर्गठित कालीगण्डकी बचत समुहमा निम्न बमोजिम पदाधिकारीहरु चयन भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

किर्ते कागजमा छुटे कैदी


काठमाडौं,  अदालतले तोकेको सजाय भुक्तान नहुँदै कैदीहरु नक्कली कागजात बनाएर कैदी छुट्न थालेका छन्। बिहीबार लागुऔषध बेचबिखनको अभियोगमा पाँच वर्ष कैद र १० हजार जरिवाना तोकिएकी चन्द्रप्रभा श्रेष्ठ दुई वर्षमै जेलबाट छुट्न लागेकी थिइन्।
उनको सजाय भुक्तानको पत्रमा शंका लागी छानबिन गर्दा केन्द्रीय कारागारका जेलरले किर्ते रहेको थाहा पाए। पढ्नेक्रम जारी राख्नुहोस्

सेक्समा उदार छन्, म्याराडोना


‘सेक्स’ ’bout विश्वकपमा विभिन्न पदाधिकारीहरुको फरक फरक धारणा आइरहेको छ। त्यसमा म्याराडोना उदार छन्। ‘रात भर जागा नबसी हो भने ‘सेक्स’ ले फरक पर्दैन’, म्याराडोनाले विश्वकपका दौरान ‘सेक्स’ कतिको सान्दर्भिक छ भन्ने प्रश्नमा भने, ‘सेक्सका समयमा आउने अप्ठायरा आशन महिलाले जिम्मा लिदा सम्म खेलाडीलाई फरक पर्दैन। पढ्नेक्रम जारी राख्नुहोस्

सप्तरीमा पनि स्थानिय ब्लु भिडियोको बिगबिगी


लुकमा नाम चलेका हिरोईनहरुको ब्लु भिडियोहरु क्रमश सार्वजनिक भइरहेका बेला स्थानियस्तरमा सप्तरीमा पनि ब्लु भिडियोहरुको बिगबिगी बढेको छ । सप्तरीको विभिन्न साईबर क्याफे र युवायुवतीहरुको मोबाईलमा यस्ता ब्लु भिडियोहरु प्रशस्त मात्रामा हेर्न पाइन्छ । पूर्वको धरान, ईटहरी, विराटनगर जस्तै सप्तरीको राजविराजमा पनि अब ब्लु भिडियोहरु निर्माण भइरहेको पढ्नेक्रम जारी राख्नुहोस्

चिया र कफी मुटुका लागि लाभदायी


coffeteaबीबीसी, नेदरल्याण्डका शोधकर्ताहरुले दिनमा कयौ पटक चिया र कफी पिउँदा मुटुको स्वास्थ्यका लागि लाभदायी हुने बताएका छन् । शोधकर्ताहरुले १३ वर्षसम्म निरन्तर गरेको अध्ययनपछि यो परिणाम सार्वजनिक गरेका हुन् । अध्ययनको परिणाम अमेरिकन हर्ट एसोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ । अध्ययनमा ४०,०० व्यक्तिलाई सहभागी गराइएको थियो । शोधका अनुसार जुन व्यक्तिले दिनमा ६ कपभन्दा बढी चिया पिउने गर्दछ पढ्नेक्रम जारी राख्नुहोस्

इजरायलमा मेरो सन्देश सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न


अर्जुन जयसवाल, तेल अभिभ इजरायल

मेरो सन्देश डट कमको आयोजनामा  १९ जुन २०१० शनिवारको दिन तेलअभिवको सेन्ट्रल बसपार्क नजिकैको चिल्ड्रेन पार्कमा मेरो सन्देश सांस्कृतिक साँझ सम्पन्न भएको छ । उल्लेख्य नेपाली कामदारहरु तथा इजरायली नागरिकहरुको समेत उपस्थिती रहेको उक्त सास्कृतिक कार्यक्रम इजरायलबाट संचालित मेरो सन्देश डट कमको चिनारीकोलागि गरिएको वताइएको छ ।

मेरो सन्देश डट कमकी सह कार्यक्रम निर्देशिका प्रिया शर्माको सभापतित्व रहेको पढ्नेक्रम जारी राख्नुहोस्

महिला भियग्राले अनुमति पाएन


sexएजेन्सी, अमेरिकी एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को सल्लाहकार समितिले महिलाको यौन क्षमता वृद्धि गर्ने चक्कीलाई अनुमति दिन अस्वीकार गरेको छ । समितिले भियग्रा भनिने यस चक्कीको प्रयोगमा ल्याउन दिने अनुमतिपत्र दिन गरिएको निर्णयविरुद्ध एकमतले साथ दिएको छ । एफडीएको हेल्थ ड्रग्स एडभाइजरी कमिटिले आफ्नो सामु प्रस्तुत गरिएको प्रमाणबाट औषधि प्रभावकारी र सुरक्षित नपाएको जनाएको छ । जर्मन कम्पनी इन्जेलहीनले यो औषधि बनाएको थियो ।

समितिमा छलफलपछि संस्थाका अध्यक्ष एवं युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका गाइनकोलोजिस्ट विभाग प्रमुख जुलिया जन्सनले पढ्नेक्रम जारी राख्नुहोस्