अष्ट्रेलिया र घाना बराबरी


दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जुन १९ मा भएको अष्ट्रेलिया र घानाबीचको खेलमा दुवै देशले समान एक गोल गरेका छन् । खेलमा अष्ट्रेलियाले पहिलो गोल गरेको थियो भने घानाले पेनाल्टीमा गोल गर्‍यो ।

अष्ट्रेलियाका १४ नं. जर्सीका फरवार्ड ब्रेट हलम्यानले ११ औं मिनेटमा गोल गरे । निकै उत्साहित अष्ट्रेलियन खेलाडीलाई घानाले दुःखी बनाइदियो । निकै प्रतिस्पर्धात्मक भएको खेलको २४ औं मिनेटमा घानाले अष्ट्रेलियामाथि अर्को सशक्त प्रहार गर्‍यो तर त्यो अष्ट्रेलियाका जर्सी नं.१० का खेलाडी हृयारी किवेलको हातमा लागेर गोल हुनबाट बच्यो । त्यसपछि किवेलले रातो कार्ड पाए र मैदान बाहिरिए । अष्ट्रेलिया त्यसपछि १० खेलाडीमा सिमीत भयो ।

डि बक्सभित्रै हृयाण्ड भएका कारण घानाले पेनाल्टी हान्ने मौका पायो । सो मौकालाई घानाले सदुपयोग गर्‍यो। यसअघि पनि सर्बियासँगको खेलमा पेनाल्टीमा गोल गरेका घानाका जर्सी नं.३ का खेलाडी आसामो ज्ञानले गोल गरे । उनको यो दोस्रो पेनाल्टी गोल हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.