काठमाडौं, एकीकृत माओवादी पोलिटब्युरो सदस्यहरूले पार्टी महाधिवेशन नटार्न आग्रह गरेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिटब्युरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय भेलामार्फत महाधिवेशन टार्ने प्रस्तावमा बोल्दै शनिबार उनीहरूले बढ्दो अन्तर्संघर्ष मेटाएर पार्टीलाई एकताबद्ध गर्न महाधिवेशन गर्नैपर्र्नै माग अघिसारेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/06/2010
मनिषाको बिहेको झलक भिडियोमा
चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाको विवाह सम्राट दाहालसँग हिजो १९ जुन २०१० को दिन, बिहान ११ बजेको साइतमा गोकर्ण रिसोर्टमा सम्पन्न भएको छ । विवाह समारोहको केही भिडियो झलक तल हेर्नुहोस् ।
क्यामरुनको भविष्य अन्धकार, डेनमार्क २-१ ले विजयी
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० अन्तर्गत १९ जुनमा भएको डेनमार्क र क्यामरुनबीच भएको खेलमा डेनमार्कले क्यामरुनलाई २-१ ले हराएको छ । यो सँगै पहिलो नेदरल्याण्ड्ससँग हारेको डेनमार्कले तीन अंक जोडी दोस्रो चरणमा जाने आशा जिवितै राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
अष्ट्रेलिया र घाना बराबरी
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जुन १९ मा भएको अष्ट्रेलिया र घानाबीचको खेलमा दुवै देशले समान एक गोल गरेका छन् । खेलमा अष्ट्रेलियाले पहिलो गोल गरेको थियो भने घानाले पेनाल्टीमा गोल गर्यो ।
अष्ट्रेलियाका १४ नं. जर्सीका फरवार्ड ब्रेट हलम्यानले ११ औं मिनेटमा गोल गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
नेदरल्याण्डद्वारा जापान १-० ले पराजित
५ असार, दोस्रो हाफको ५३ औं मिनेटमा वेस्ली नेजरको एक गोलको मद्धतले जापानलाई नेदरल्याण्डले पराजित गरेको छ । दक्षिण अफ्रिकाको डर्बान रंगशालामा शनिबारको पहिलो खेलमा नेदरल्याण्डले जापानलाई एक शून्य गोलले पराजित गरेको हो ।
नेदरल्याण्डले गोल गर्न पाएको थुप्रै अवसरलाई जापानका खेलाडीहरुले रोकेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद