
सेकेन्ड हाफमा म्याक्सिकोले दुई गोल गरेपछि सन् १९९८ को विश्वविजेता फ्रान्स विश्वकपबाट बाहिरिने सम्भावना बढेको छ । यो खेलले म्याक्सिकोलाई समूह एको शीर्षस्थानमा पुर्याएको छ । म्याक्सिकोका लागि सव्स्टिचुट खेलाडी जाभिर हर्नान्डिजले पहलो गोल गरे । दोस्रो गोल ३७ वर्षीय ब्लान्कोले गरेका थिए । खेलको सुरुवातमा फ्रान्सले उत्कृष्ट खेल देखाएपनि त्यसलाई फिनिसिङ टच दिन सकेन । विवादमा रहेको फ्रान्सेली टिमले उरुग्वेसँग शून्य गोलको बराबरीमा चित्त बुझाएको थियो ।
फ्रान्सको उक्त खेलपछि पूर्व कप्तान जिनेदिन जिदानले फ्रान्सेली प्रदर्शनको आलोचना गरेका थिए । म्याक्सिकोको खेल आक्रमक भएपनि पटक पटक त्यो हलुका देखिन्थ्यो । तर दुई गोलले उसको हौसला माथि पुर्याएको छ ।
Like this:
Like Loading...
Related