विश्वकप दावेदार जर्मनी सर्वियासँग पराजित


विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को खेलमा शुक्रबार सर्वियाले जित हात पारेको छ । उसले विश्वकपको दावेदार मानिएको जर्मनीलाई १-० ले पराजित गर्‍यो । विजयी टिमकालागि मिला जोभानोभिकले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए ।मिरोस्लाभ क्लोज खेलको ३७ औं मिनेटमा दोस्रो पहेलो कार्ड खाँदै मैदान छाडेपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो । त्यस्तै, खेलको ६० औं मिनेटमा जर्मनीका लुकास पोडोल्स्कीले पाएको पेनाल्टीको अवसर खेर फालेपछि उसको संभावना कमजोर बनेको थियो ।

यस अघि समूहको पहिलो खेलमा जर्मनीले अस्ट्रेलियालाई ४-० ले हराएको थियो भने  सर्वियालाई घानाले १-० ले हराएको थियो । अव समूहमा जर्मनी, घाना र सर्वियाको समान ३ अंक रहेको छ भने एसियाली महादेशको प्रतिनिधित्व गर्ने अस्ट्रेलियाले खाता खोलेको छैन ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.