Daily Archives: 18/06/2010

फुटबलका राजा ‘पेले’


एदसन आरान्तेस दो नास्थिमेन्तो (Edison Arantes do Nascimento) ब्राजिलका पूर्व फुटबल खेलाडी हुन् । उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन् । उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४० मा भएको थियो । पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो । अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सन २००० मा सताब्दि-खेलाडी उपाधि दिएको छ । उनि राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन् ।

आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रुपमा लिईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकालाई हम्मे-हम्मे / स्लोभानियासँग बराबरी


महाशक्ति राष्ट्र अमेरिका दक्षिण अफ्रिकामा चलिरहेको विश्वकप फुटबलको दोश्रो खेलमा शुक्रबार हार हुनबाट बचेको छ । दुई गोल खाएको अमेरिकाले दोश्रो हाफपछि लगातार दुई गोल फर्काएर खेल बराबरीमा पुर्‍यायो । दुई गोल खाएर निरास अमेरिकी समर्थकलाई ब्राड्लीले ८२ औं मिनेटमा गोल गरी खुशी तुल्याए । यसअघि अमेरिकाकै लेण्डन डोनोभानले ४८ औं मिनेटमा गोल गरेका थिए  । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप दावेदार जर्मनी सर्वियासँग पराजित


विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को खेलमा शुक्रबार सर्वियाले जित हात पारेको छ । उसले विश्वकपको दावेदार मानिएको जर्मनीलाई १-० ले पराजित गर्‍यो । विजयी टिमकालागि मिला जोभानोभिकले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए ।मिरोस्लाभ क्लोज खेलको ३७ औं मिनेटमा दोस्रो पहेलो कार्ड खाँदै मैदान छाडेपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो । त्यस्तै, खेलको ६० औं मिनेटमा जर्मनीका लुकास पोडोल्स्कीले पाएको पेनाल्टीको अवसर खेर फालेपछि उसको संभावना कमजोर बनेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

युद्ध अत्याचारको बदलामा यौन अफर


एक जापानी पोर्न स्टारले चीन तथा जापान बीच भएको युद्धका ’boutमा पढेपछी उनी निकै आहत भएको बताइन । उनले यति मात्र नभइ चीनियाँ  बिधार्थीहरूलाई आफुसंग यौन सम्पर्क राखी बदला लिन समेत आग्रह गरेकी छिन् ।

पोर्न स्टार एनरी सुजुकीले चीन-जापानको इतिहासमा पीएचडी गरेकी छिन् । उनले जब १९३७ मा भएको उक्त युध्दका ’boutमा पढिन तब उनलाई त्यसबेला जापानले चीनमाथी गरको अत्याचारका ’boutमा थाहा पाइन । एनरीका अनुसार उक्त घट्ना ’boutमा थाहापाए देखी उनी अपराधबोधले ग्रस्त भएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकपसँगै तात्यो यौनबजार


३ असार, काठमाडौं । दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा चेपिएको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुले भरिएको ‘तातो मैदान’ पनि बनेको छ । विश्वभरबाट आएका आगन्तुकहरुलाई घरपरिवारबाट टाढा रहेको भान हुन नदिन यहाँ ४० हजारको संख्यामा यौनव्यवसायीहरु परिचालन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ज्ञानेन्द्रलाई अतिथि बनाउँदा एमाले नेता कारवाहीमा


३ असार, वीरगंज । पूर्व राजा ज्ञानेन्द्र शाहलाई निम्त्याएर बाराको परवानीपुरमा बैष्णवी दुर्गा मन्दिरको उद्घाटन गरेको भन्दै एमाले बाराका सचिवालय सदस्य अमर यादवलाई पार्टीबाट विहीबार निष्कासन गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेकपा एमाले बाराका सचिवालय सदस्य यादवलाई विहीबार बसेको जिल्ला सचिवालय बैठकले निष्कासन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

२-० ले पराजयपछि फ्रान्स बाहिरीने अवस्थामा


हिगुइनको ह्याट्रिकमा अर्जेन्टिनाको शान


अर्जेन्टिनाको शान

जोहानसबर्ग – गोन्जालो हिगुइनको ह्याट्रिकमा अर्जेन्टिनाले दक्षिण कोरियालाई ४–१ ले पराजित गरी विश्वकपको नकआउट चरणमा प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । अर्जेन्टिना ६ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । ग्रिस र दक्षिण कोरियाको ३/३ अंक छ । ग्रिसले बिहीबार भएको समूहको अर्को खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्‍यो ।

पहिलो हाफमा एक गोल गरेका रिएल मेड्रिडका स्ट्राइकर हिगुइनले दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । पढ्नेक्रम जारी राख्नुहोस्