२२ महिनामा छोराको शव साउदीबाट फिर्ता, शव कुर्दाकुर्दै आमाको मृत्यु


भिम घिमिरे, बेलबारी मोरङ्ग । छोराको शव कुर्दाकुर्दै पीरले थला परेकी आमा बितिन् । चार वर्ष टेकेकी कान्छी छोरी तनुजाले बाबाको मुहार देखेकै छैनन् । बूढा भएका पिता भाव विह्वल छन् । छोरीहरू दीपा (८), पूजा (७) र पत्नी उदास बसेका छन् ।

राम्रो दामको सपना बोकेर साउदी अरब पुगेर उतै ज्यान गुमाएका बेलबारी-३ का रमेश गिरीको शव आइपुग्न मात्र २२ महिना लागेको छ । रमेश बितेको खबर २२ महिनाअघि नै थाहा पाए पनि आर्थिक अभावले गर्दा समयमै उनको शव आउन सकेन । शव आउँछ भनेर धाउँदा-धाउँदा विदेश जान उसले लिएको ऋणजत्तिकै खर्च भइसक्यो, ६२ वर्षका पिता रामकुमार भक्कानिए, ‘सुर हराएको छ । म पनि बेसुर भएको छु । कसरी चल्छ अब ?’

उनलाई छोराको खबरले थला पारेको थियो । रमेशकी आमा पिरोलिएरै गत वैशाख २७ गते दिवंगत भइन् । पत्नी मीना अझै राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । भएको सानो भुइँघर/घडेरी राखेर झिकेको ऋणको किस्ता बुझाउन नसक्दा बैंकले लिलामीमा जाने चेतावनी दिइरहेको छ । शोक र दायित्वले बेसुर ससुरा-बुहारी जसोतसो रखर्च टारिरहेका छन् ।

रमेश घरका जेठा छोरा थिए । उनीमुन्तिर भाइहरू शम्भु, विमल र ८ कक्षा पढ्ने किशोर छन् । दाजु बितेकै वर्ष माहिला शम्भु रोजगारीका लागि दुबई पुगेका थिए । विमल पनि गत महिना मलेसिया हान्निए । रमेश साउदी जाँदा लिएको ऋणले धेरै असजिलो भएपछि परिवारले भएको एक कट्ठा घरघडेरी बैंकमा धितो राखी २ लाख झिकेको थियो । अनि व्यक्तिगत ऋण तिरियो । पिताले भने, रमेशले एकपल्ट ५० हजार ९ रुपैयाँ पठाएको थियो । अब त ऊ नै रहेन ।

पछिल्लोपटक विदेशिएका भाइमध्येका माहिलाले जाँदा गरेको ऋण तिरे पनि घरमा पैसा पठाउन सकेका छैनन् । पढेलेखेको होइन, अनि उसको कम्पनी पनि बन्द छ रे, उनले सुनाए, एकपल्ट १५ हजार पठायो । बैंकको किस्तालाई ठिक्क ।

गिरी परिवारलाई सहयोग गर्दै आएकी छिमेकी इन्द्राकुमारी तामाङले भनिन्, बिजोग कसरी हेर्ने भन्दै जेनतेन सहयोग गर्दैछौं, अब त मैले पनि सहयोग गर्न सक्ने क्षमता रहेन । बैंक कर्मचारीले पटक-पटक आएर ऋणको किस्ता नबुझाए लिलामीमा लैजाने भनिरहँदा मन कटक्क हुने उनले बताइन् ।

रमेशको शव निधनको २२ महिनापछि सोमबार काठमाडौं आइपुगेको छ । त्यसलाई ल्याउन कान्छा भाइ किशोर गएका छन् । उनकी आमाको निधनताका संस्कारका लागि ऋणको बोझले थिचिएको परिवार छोराको सदगत कसरी गर्ने भन्ने चिन्तामा छ ।

One response to “२२ महिनामा छोराको शव साउदीबाट फिर्ता, शव कुर्दाकुर्दै आमाको मृत्यु

  1. ekdam nai dukha lagyo , ma pani dubai bata farkeko manchhe , ra k sochchu bhane gare nepal ma nai hunchha , afnai thau aafnai gau ,

    mare najik ko khola kafi chha , tadha bata bakas ma aaunu ta pardaina , hera bichara pariwar , runai maan lagchha yesto dekhda, bichara

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.