विश्वकपका लागि १ अर्ब कन्डम


काठमाडौं, दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा चेपिएको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुले भरिएको ‘तातो मैदान’ पनि बनेको छ। विश्वभरबाट आएका आगन्तुकहरुलाई घरपरिवारबाट टाढा रहेको भान हुन नदिन यहाँ ४० हजारको संख्यामा यौनव्यवसायीहरु परिचालन गरिएको छ।

१६ प्रतिशत जनसंख्या एचआइभी एड्सबाट संक्रमित भएको यस राष्ट्रमा हाल आएर बेरोजगारलाई रोजगार र देशलाई कर भावनालाई मूर्त रुप दिनको लागि त्यहाँको सरकारले यौनव्यवसायलाई बैधानिक बनाउन पनि पछि परेन।  २० सन्तानका पिता मानिने दक्षिण अफ्रिकाका बहुविवाहित राष्ट्रपती जाकोब जुमाले विश्वकपलाई लक्षित गरेर १ अर्ब थान अतिरिक्त कन्डमको आपूर्ति गर्न लगाए। यसअनुसार त्यहाँका स्वास्थ्य कार्यकर्ताहरु एक वर्षमा खपत हुने कण्डम एकै महिनामा खपत हुन लागेको अन्दाज लगाउँछन्।

विश्वकप सहभागीहरुलाई खेलकुदको आनन्दसँगै अविस्मरणीय यात्रासुख प्रदान गर्नको लागि भन्दै आफ्नो राष्ट्रमा यथेष्ठ मात्रामा यौन व्यवसायी नभएता पनि विदेशबाट उल्लेख्य संख्यामा व्यवसायीहरु आयात गरिएको त्यहाँस्थित केन्द्रीय औषधी विभागका सहायक प्रमुख डेभिड बेभर बताउँछन्। उनका अनुसार त्यसरी आयात गरिएका युवतीहरु संसारका विभिन्न राष्ट्रहरुबाट छन् भने अधिकांश पूर्वी यूरोपबाट।

त्यसोत दक्षिण अफ्रिकी स्वास्थ्य कार्यकर्ताहरुले पनि यस राष्ट्र एचआइभी एड्सको भयावह स्थितिलाई मध्यनजर गर्दै यस व्यवसायलाई कम्तिमा विश्वकपको अवसारमा वैध गराउन दबाब दिएका हुन्। यौनव्यवसायीहरु आफ्नो स्वस्थ्य परिक्षण गर्न नहिच्किचाइ अगाडि आउने र सित्तैमा कण्डम प्रदान गरिने हुनाले पनि उनीहरुले यौनव्यवसायलाई बैधता प्रदान गरेका हुन्।

त्यसोत फुटबलसँग पुरुष र महिलाको सम्बन्ध पनि अचम्मकै पाइएको छ। तथ्याङकले देखाएअनुसार विश्वकप आयोजना भएका राष्ट्रहरुमा दर्शकहरुको अप्राकृतिक घुइँचो हुनेगर्दछ। जहाँ पुरुष हुन्छन् प्राकृतिक रुपले उनीहरुको ध्यान महिलामा जाने गर्दछ। यही रसायनलाई यस पालिको विश्वकपमा यौनव्यवसायीहरुले आफ्नो अस्त्रको रुपमा प्रयोग गर्ने भएका छन्। यति मात्र नभएर उनीहरुले आफ्नो मूल्यमा १० प्रतिशत बृद्धि गराएका छन् र यो दरलाई खेलको मध्यसम्म आइपुग्दा दोब्बर बनाइने जनाइएको छ। विश्वकप खेलको आगामी दिनहरुमा पनि दर्शकको घुँइचो बढेको खण्डमा उनीहरु मूल्यलाई अझै बढाउने सोचमा छन्।

यति मात्र नभएर यस्ता व्यवसायीहरुले ग्राहकहरुलाई लोभ्याउन आफ्नो यौन उपायहरुको कार्यावयनले उनीहरुले पूर्णत यौन सन्तुष्टि दिने विश्वास समेत दिलाउने गरेको बताइएको छ। उनीहरु भन्छन् ‘हामीसँग आउनुस् हामी तपाईहरुलाई उत्कृष्ट यौनसेवा दिन तत्पर छौं।’

अझै रमाइलो कुरा के हो भने विभिन्न राष्ट्रबाट विश्वकप जित्ने अभिलाषासहित आएका खेलाडीहरुले अनवरत खेलअभ्यास गरेझैं यस्ता व्यवसायीहरु पनि ती खेलाडीहरुलाई उच्च तहको सेवा दिन दिनरात अभ्यास गरिरेहको बताइएको छ।

 Source: Nagarknews

One response to “विश्वकपका लागि १ अर्ब कन्डम

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.