विश्वकपका बादशाहहरुलाई नराम्रो झड्का


south africa_uraguayके आयोजक राष्ट्र दक्षिण अफ्रीका १९औं विश्वकपको यात्राबाट चाँडै नै बाहिर हुँदैछ ? यही प्रश्नसहित निराशासहित दक्षिण अफ्रीकी फुटबल फ्यान प्रीटोरियाको मोजेज मविदा स्टेडियमबाट बाहिर निस्के ।

उरुग्वेविरुद्धको प्रतिस्पर्धामा दक्षिण अफ्रीकी टीमको दुर्गति नै बन्यो । यो हारपछि विश्वकपको दोस्रो चरणमा जाने दक्षिण अफ्रीकी सपना भत्केको छ । दक्षिण अफ्रीकाको टीम चाहँदैन कि दक्षिण अफ्रीका यस्तो आयोजक राष्ट्रय हो जो दोस्रो चरणमा प्रवेश गर्न सक्दैन ।

प्रतियोगितामा उरुग्वेका स्टार स्ट्राइकर डेविड फोरलैन छाइरहे । उनका साथ स्वरेज र कवानीले एकपछि अर्को आक्रमण गरे तर २४औं मिनेटमा जुन शानदार सनमा फोरलैनले पहिलो गोल गरे त्यो दर्शनीय थियो । । फोरलैनको शानदार गोलको सहयोगमा उरुग्वेले अग्रता लियो तर आक्रामक खेल छोडेन । उसका तीनै स्टार स्ट्राइकर दक्षिण अफ्रीकी गोलपोष्टमा हमला गरिनै रहे । दोस्रोतर्फ दक्षिण अफ्रीकी खेलाडीले राम्रो प्रदर्शन गरे तर उनीहरु उरुग्वेको प्रतिरक्षामै सीमित रहे । परिणाम खेलाडी दबावमा आएर अन्ततः त्यही भयो जुन कुनै पनि खेलाडीका लागि निकै दुर्भाग्यपूर्ण हुने गर्दछ-गोलकिपर खुनेले रेडकार्ड पाए र उरुग्वेले पेनाल्टी ।

एक पटक पुनः डेविड फोरलैनले पेनाल्टीमा गोल गरेर आफ्नो टीमलाई २-० ले अघि बढाएक थिए । दक्षिण अफ्रीकाको हालत त्यतिबेला निरिह बन्यो जतिबेला अन्तिम क्षणमा परेराले एक थप गोल गरे र आफ्नो टीमलाई ३-०ले जित दिलाए । अब दक्षिण अफ्रीकाको अन्तिम समूह प्रतिस्पर्धा फ्रान्ससँग हुनेछ । साथै फ्रान्स र म्याक्सिकोबीच हुने प्रतिस्पर्धाले पनि आगामी समीकरण निर्भर हुनेछ ।

स्वीट्जरल्याण्ड-स्पेन

यसअघि विश्वकपको अहिलेसम्मकै सबैभन्दा उलटपुलट गर्दै स्वीट्जरल्याण्डले स्पेनलाई हरायो । एक युरोपियन च्याम्पियन र संसारको नम्बर दुई टीम, टीममा कयौ स्टार खेलाडी । अगाडि स्वीटजरल्याण्डको टीम, जुन फीफा र्‍याङ्किङ्गमा २४औं स्थानमा छ, जुन टीम युरो कपको पहिलो चरणबाट बाहिर भइसकेको थियो तर परिणाम के भयो ? स्पेन हार्‍यो ।
खेलमाथि नियन्त्रण स्पेनकै थियो । तर उसका स्टार खेलाडीहरुले स्कोर गर्न सकेनन् । ५२औं मिनेटमा स्पेनका डिफेन्सलाई लज्जास्पद स्थितिमा पुर्‍याउँदै स्वीट्जरल्याण्डका गेल्सन फर्नाडिजले लामो पासमा गोल गरे ।

स्पेनको प्रतिष्ठित क्लव वार्सिलोनासँग खेल्ने जावी, इनिएष्टा र डेव विलाले स्वीट्जरल्याण्डले प्रहार गरेको गोलको उत्तर पत्ता लगाउन सकेनन् । हतास टीम कोचले टोरेस, नेवास र पेड्रोलाई फ्रन्टमा खेल्न पठाए । तर केही परिणाम आउन सकेन । यतिकैमा स्वीट्जरल्याण्डलाई थप गर्ने गर्ने एउटा मौका प्राप्त भयो, तर गोलपोष्टमा ठोक्किएर बाहिर भयो । प्रतियोगिताको अन्तिम समयमा स्पेनले आफ्नो सम्पूर्ण शक्ति लगायो तर गोल गर्न सकेन । स्पेनका लागि अब बाटो निकै कठिन छ ’cause यदि टीम दोस्रो स्थानमै सीमित रह्यो भने दोस्रो चरणमै उसको प्रतिस्पर्धा ब्राजिलसँग हुन सक्दछ ।
 

चिली-होण्डुरस

बुधबार भएको पहिलो खेलमा अपेक्षा गरिएअनुसार चिलीले होण्डुरसलाई एक गोलले हरायो । चिलीले ४८ वर्षपछि विश्वकपमा जीत हासिल गरेको हो । सन् १९६२ देखियता जिलीले कुनै प्रतिस्पर्धामा जित हासिल गरेको थिएन । तर यस पटकको विश्वकपमा मार्चेलो बिसनाको टीम निकै तयारीका साथ आएको थियो । यो पनि सम्भावना देखिदैछ कि ग्रुप एचबाट स्पेनका साथै चिली क्वालिफाइड हुनसक्छ । चिलीले विश्वकपमा आफ्नो अभियान शुरुवातबाटै जितका साथ सुरु गरेको छ। उसले दोस्रो चरण प्रवेशको दावी बलियो ढंगले गरेको छ । चिलीका खेलाडीहरुले स-साना पासको सहयोगमा राम्रो प्रदर्शन गरे तर सफलता ३४औं मिनेटमा मात्र प्राप्त भयो । जा बोसेजुरले गोल एरियामा आएर राम्रो गोल गरे ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.