
स्लेटरले एक पटक आफ्नो शिकार भएकी महिलासंग यौनक्रियामा तल्लीन भएको बेलामा आपतकालीन् बोलावट आउँदा, ती महिलालाई आफ्नो कारको पछिपट्टीको भागमा लुकाउनु परेका थियो । दुर्इ बच्चाहरुको बुवा स्लेटरले आफ्नो यौन र्इच्छालाई पूर्ति गर्नको लागि प्रहरी विभागको राष्ट्रिय विवरण भएको कम्प्युटरमा सुरक्षित महिला गाडी चालकहरुको विवरणको टिपोट लिएर ससाना गल्तिहरुमा ’emलाई शिकार बनाएको प्रमाणहरु भेटिएका छन् । प्रोसेक्युटर पिटर डेविडका अनुसार एकपटक एक्लै एकजना विवाहित महिला गाडी चालक सिकारु लाइसेन्समा गाडी चलाउँदै गरेको फेला पार्दा तिनलाई गाडी रोक्न लगाइयो र तिनको विवरण लिएपछि म अब तिम्रो गाडीलाई इम्पाउण्ड (ताला) लगाउँछु भन्दा ती महिला असमञ्जसमा परिन् र रोइन् । त्यसपछि स्लेटरले ती महिलालाई यदि तिमीले तिम्रो फोन नम्बर दिन्छ्यौ भने म ताला लगाउँदिन भनेको थियो । महिलाले विवशतावश् फोन नम्बर दिएकी थिईन् । त्यसपछि उसले ती महिलालाई सम्पर्क गरेर एमफोर राजमार्ग छेउको औधोगिक क्षेत्रमा यौनक्रिडा गरेको थियो । यति मात्र नभई, डेविडले अघि भने, “आफ्नो शिकार भएकी महिलाहरुको पतिहरुको पनि सम्पर्क नम्बरहरु प्राप्त गरेर उनीहरुलाई खिज्याउने र उत्पीडन् दिनलाई फोनबाट म तिम्रो पत्निसँग यौन क्रियामा मस्त छु भनेर टैक्स मेसेज पठाउने पनि थियो”। पोर्ट, तालबोट, वैल्सका स्लेटरले सोझा महिला गाडी चालकहरुलाई मात्र नभई वैश्याहरु र जो सुकैलाई शिकार बनाएर आफ्नो यौन पिपाशा मेट्ने गर्थ्यो । यी नै अपराधहरु गरेकोमा उसमाथि आठवटा महिलाहरुलाई शिकार बनाएर यौन अपराध गरेको अभियोगमा साढे तीन वर्षको जेल सजा दिइएको छ र उसलाई गत डिसेम्बर महिनादेखि नौकरीबाट पनि निष्कासन गरेको छ । साभार – मेट्रो, सुमल, मेस
Wow, he is great gambler London God bless him always again don’t repeat man if you have mind or idea how to talk you can get with enjoy any women whatever they are married unmarried bot you should learn how to talk with woman.
It is well known that money makes us autonomous. But what to do when someone has no cash? The one way only is to receive the loans and just secured loan.