अवैध यौन संपर्कबाट जन्मेको शिशुलाई फोहोर फाल्ने ठाँउमा फाल्दा कुवेतमा नेपाली युवती पक्राउ


जय आले, कुवेत

१७ जून २०१० को कुवेत टाइम्स दैनिकका अनुसार, कुवेतको सावा अल-सालेमस्थित एक नेपाली घरेलु महिला कामदारले आफै कार्यरत कुवेतीको घरमा अवैध यौन सम्बन्ध कायम गरी शिशु जन्माएकी  र उनले आफ्नो अपराधलाई लुकाउने प्रयत्नमा उक्त शिशुलाई फोहोर फाल्ने ठाँउमा फालेको र फालिसकेपश्चात: कुवेती घर मालिक्निले थाहा पाई पुलिसलाई खबर गरेकोले उनी अहिले पक्राउ परि पुलिस अनुसन्धानमा र नवजात शिशु अस्पतालमा रहेको जनाईएको छ । ति नेपाली युवतीको नाम र अन्य स्रोत भनें खुलाईएको छैन ।

सुन्न र पत्याउन गाह्रो तर कुरा साँचो… कुवेतका नेपाली घरेलु कामदार महिलाहरुको सन्दर्भलाई उठाएर लेखिएको बेला-बेला बिभिन्न पत्रपत्रीकामा पढ्न पाईन्छ । जसमा धेरैजसो वर्षौसम्म कुवेतीको घरमा मजदुरी गरेर तलब नपाउने, पेटभरी खाना नपाउने, पुरा निंद सुत्न नपाउने,  मालिक मालिक्निको कुटाइ खानुपर्ने र यौन उत्पिडन जस्ता दु:ख र दर्द भरिएको घट्नाहरु समेटिएका हुन्छन । यिनै अवस्थाबाट गुज्रेर बेसुरमा भाग्दै नेपाली राजदूतावास कुवेतमा शरण लिन आउने नेपाली महिलाहरुको दिनानुदिन घुँईचो नै लागेको छ, जसले गर्दा नेपाली राजदूतावास कुवेतको प्रतिक्षा कक्षमा खुट्टा राख्ने ठाँउ समेत छैन ।

तर, केही नेपाली महिलाहरु भनें आफ्नो मोजमस्तीको लागि ड्रग स्मग्लिङ्ग जस्ता घोर अपराधमा फस्ने, घरबाट भागेर देशी या बिदेशी नागरिकसँग अवैध विवाह गरेर बस्ने र कोही त आफुले काम गर्ने घरमै आफ्ना प्रेमिहरुलाई बोलाई अवैध यौन सम्बन्ध कायम गरी बच्चा पैदा गर्ने जस्ता कार्यहरु पनि भई रहेका छन् । फलस्वरुप: आफ्नो जीबन र ज्यान त जोखिममा पारे नै, उल्टो बिदेशी भूमिमा सारा नेपालीको स्वाभीमानमा नै प्रश्न चिन्ह उठाई रहेका छन यिनै नेपाली चेलीहरुले यहाँ ।

3 responses to “अवैध यौन संपर्कबाट जन्मेको शिशुलाई फोहोर फाल्ने ठाँउमा फाल्दा कुवेतमा नेपाली युवती पक्राउ

  1. Malai jaha samma lagcha yo kura haru jankari ma aaunu ramro ho tara sabai lai KHOPADI ta de’ko cha ni bhagwan le, HAINA??? ab uni haru lai moj masti ya bhanau uni haru kai jivan ho je garda ni bho.
    Nepali ko NAAK ma alikati ta DAG lagcha nai yasta ghatana le……

  2. keti haru ko good idea. k garne kuwait au6n ani boy-friend pani paini dherai jaso bangali dil dar hun6n. nabhayara police le na bhetaya maja hun6… la la aajhai pargati gara nepali kti haru( timi haru lai kuwiat nabhayara bidesh nai auna par6 bhanera kasle jabar jasti gareko 6ra? nepal ma basna sakidaina? kuwaiti ko ghar maa problem bhaya kunai halat ma nepal janu ni bangali ra nabhayara desi bideshi haru kina khojne..? ma sanga kunai idea 6ina nepal girls haru ko lagi. kina ki badado halat 6 kuwait ma asta ghatana haru ..

  3. Well that why don’t believe or trust all Nepalese women are good character almost 90% Nepalese women are bad right now in Kuwait . Anywhere Bengali, Hindi, Pakistani and Afghanistan people saying I have Nepalis girlfriend I have Nepalis girlfriend what is that I can’t hear that ******* word from those peoples. Now a day Nepalese boys seems more better then Nepalese girls in Kuwait.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.