Daily Archives: 17/06/2010

२२ महिनामा छोराको शव साउदीबाट फिर्ता, शव कुर्दाकुर्दै आमाको मृत्यु


भिम घिमिरे, बेलबारी मोरङ्ग । छोराको शव कुर्दाकुर्दै पीरले थला परेकी आमा बितिन् । चार वर्ष टेकेकी कान्छी छोरी तनुजाले बाबाको मुहार देखेकै छैनन् । बूढा भएका पिता भाव विह्वल छन् । छोरीहरू दीपा (८), पूजा (७) र पत्नी उदास बसेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ट्राफिक प्रहरीको यौन अपराध


लण्डन, एकजना ट्राफिक प्रहरीका कर्मचारीलाई महिला गाडी चालकहरुलाई गाडी चलाउँदा नियम उलंघन गरेको मौका पारी उनीहरुलाई शिकार बनाएर दण्डकर तिर्नुको बदलामा यौनक्रिया गर्न वाघ्य बनाएको अभियोगमा जेल सजाए दिएको समाचार प्रकाशमा आएको छ । ३३ वर्षीय पीसी जेमी स्लेटरले ६ जना महिला गाडी चालकहरुलाई ससाना नियम उलंघन गरेको अभियोगमा पढ्नेक्रम जारी राख्नुहोस्

अवैध यौन संपर्कबाट जन्मेको शिशुलाई फोहोर फाल्ने ठाँउमा फाल्दा कुवेतमा नेपाली युवती पक्राउ


जय आले, कुवेत

१७ जून २०१० को कुवेत टाइम्स दैनिकका अनुसार, कुवेतको सावा अल-सालेमस्थित एक नेपाली घरेलु महिला कामदारले आफै कार्यरत कुवेतीको घरमा अवैध यौन सम्बन्ध कायम गरी शिशु जन्माएकी  र उनले आफ्नो अपराधलाई लुकाउने प्रयत्नमा उक्त शिशुलाई फोहोर फाल्ने ठाँउमा फालेको र फालिसकेपश्चात: कुवेती घर मालिक्निले थाहा पाई पुलिसलाई खबर गरेकोले उनी अहिले पक्राउ परि पुलिस अनुसन्धानमा र नवजात शिशु अस्पतालमा रहेको जनाईएको छ । ति नेपाली युवतीको नाम र अन्य स्रोत भनें खुलाईएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकपका लागि १ अर्ब कन्डम


काठमाडौं, दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा चेपिएको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुले भरिएको ‘तातो मैदान’ पनि बनेको छ। विश्वभरबाट आएका आगन्तुकहरुलाई घरपरिवारबाट टाढा रहेको भान हुन नदिन यहाँ ४० हजारको संख्यामा यौनव्यवसायीहरु परिचालन गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारलाई युटिएल र स्पाइसले १ अर्बभन्दा बढी तिर्न बाँकी


काठमाडौं, व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनीले सरकारलाई तिर्न बाँकी रोयल्टीको सम्पूर्ण विवरण ७ दिनभित्र पेस गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । सभासद्ले नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकले रोयल्टीबापतको रकम उठाउन नसकेको भन्दै आपत्ति जनाएपछि सेवाप्रदायक कम्पनीले तिर्न बाँकी सम्पूर्ण रकमको विवरण लिखित रूपमा समितिले माग गरेको हो । समितिले सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल र प्राधिकरण अधिकारीसँग मंगलबार दूरसञ्चार सेवा सञ्चालनको अवस्थाका विषयमा छलफल गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

इराकको नाजल्ल कम्पनि बन्द, १९० कामदार घर फर्किदै


इराकको ताजि स्थित अमेरीकन सेनालाई खानाको ब्यबस्था गरिदिने कम्पनिहरु मध्ये नाजल्ल कम्पनि बन्द भएको छ । यस कम्पनिमा कर्यरत १९० जना कामदारहरु घर फर्किने क्रम जारी छ । यस कम्पनिले बिशेष Dining Facility 3 (DFAC 3) सन्चलन गर्ने जिम्मेवारी पएको थियो । अमेरीकन सेना इराकबाट फर्किने क्रम जारी रहेको र अहिले सम्ममा धेरै सेनाहरु फर्किसकेकोले (DFAC 3) बन्द भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकपका बादशाहहरुलाई नराम्रो झड्का


south africa_uraguayके आयोजक राष्ट्र दक्षिण अफ्रीका १९औं विश्वकपको यात्राबाट चाँडै नै बाहिर हुँदैछ ? यही प्रश्नसहित निराशासहित दक्षिण अफ्रीकी फुटबल फ्यान प्रीटोरियाको मोजेज मविदा स्टेडियमबाट बाहिर निस्के ।

उरुग्वेविरुद्धको प्रतिस्पर्धामा दक्षिण अफ्रीकी टीमको दुर्गति नै बन्यो । पढ्नेक्रम जारी राख्नुहोस्