Daily Archives: 16/06/2010

मन्त्री र सभासद्ले एकअर्कालाई भने मा…


image

गढिमाई मन्दिरका नाममा भएको खर्च’bout सोधपुछ गर्दा मन्त्री र उनका पिएले आमाको नाममा हिन्दीमा गाली गरे, ममाथि हातपात गरेः सांसद् प्रमोदप्रसाद गुप्ता एक्कासि मेरो कोठाभित्र छिरेर मलाई आमाको नाममा हिन्दीमा गाली गर्‍यो, म र सागै बसेका महिलालाई हातपात गर्‍यो, पिएलाई पछार्‍योः सहायकमन्त्री कलावती पासवान पढ्नेक्रम जारी राख्नुहोस्

पहिलो दिनमै १० हजारले भरे फारम


काठमाडौं, रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत कामदार पठाउन कोरियन भाषाको परीक्षाका लागि मंगलबारदेखि आवेदन फारम लिन सुरु भएको छ । आवेदन फारम आगामी ४ असारसम्म लिइनेछ । मंगलबार करिब १० हजारले आवेदन फारम भरेको इपिएस शाखाप्रमुख महेश आचार्यले जानकारी दिए ।
पढ्नेक्रम जारी राख्नुहोस्

भट्टराईलाई प्रधानमन्त्री बनाउन मधेसी सभासद्को पहल


 काठमाडौं, असार २- मधेसवादी दलका सभासद्हरूले राजनीतिक निकासका लागि बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सरकार गठनको पहल सुरु गरेका छन्। चारै दलका सभासद्ले भट्टराईलाई संयुक्त रूपमा भेटी निकासका लागि नेतृत्व गर्न आग्रह पनि गरिसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

अंगरक्षक सामु ब्रिट्नी निर्वस्त्र


लस एन्जलस/एजेन्सी- विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयरले आफूमाथि यौनजन्य दुर्व्यवहार गरेको भन्दै उनका अंगरक्षक फर्नाडो फ्लोरेसले नोकरी छाडेका छन् । २९ वर्षिय फ्लोरेन्सले ब्रिट्नीविरुद्ध मुद्दासमेत दायर गरेका छन् । आफू सामु पटक-पटक निर्वस्त्र भएर आफूलाई शारीरिक एवं यौन उत्पीडन गरेको किटान उनले सो उजुरीमा गरेका छन । लामो समय प्रहरीमा नोकरी गरेका फ्लोरेन्स पछिल्लो समय ब्रिट्नीको सबैभन्दा प्रिय अंगरक्षकका रूपमा परिचित थिए ।

ब्रिट्नीले आफूलाई मन पराएको रहस्योद्घाटन पनि यी अंगरक्षकले गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तीन खर्ब, ३५ अर्बको बजेट आउने


सरकारमा सामेल १० दल र त्यसका समर्थक पार्टीले आगामी बजेट बृहत आकारको ल्याउनु भन्दा कार्यान्वयनको पक्षलाई बलियो बनाउने खालका योजना मात्र समेट्न सरकारलाई सुझाव दिएका छन् ।

आर्थिक वर्ष ०६७/६८ को  नीति तथा बजेट तर्जुमाका सन्दर्भमा आफ्ना सत्ता साझेदार दलको सुझाव लिन प्रधानमन्त्री माधवकुमार नेपालले बोलाउनु भएको बैठकमा दलका प्रतिनिधिले सो सुझाव दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

ज्ञानेन्द्र शाह बारामा


gynendra२ असार, पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार विहान बारा जानु भएको छ । बाराको परवानीपुर बजारमा हालै निर्मित माता वैष्णोदेवी मन्दिर उदघाटन तथा पूजाआजा गर्न उहाँ त्यसतर्फ जानु भएको हो ।

काठमाडौंबाट विहान नौं बजेको उडानबाट सिमरा उत्रनु भएका ज्ञानेन्द्र शाहले पूजाआजा गर्नुअघि करिब एक घण्टा स्थानीयबासी र शुभेच्छुकसँग भलाकुसारी गर्ने कार्यक्रम छ । पढ्नेक्रम जारी राख्नुहोस्

सँगै हेरौं न विश्वकप


ठूलो पर्दामा विश्वकप फुटबल लाइभ हेर्न बेजिङमा दर्शकहरुलाई आकषिर्त गर्दै दुई चीनिया युवती ।

ब्राजिलको विजयी सुरुवात, स्लोभाकिया र न्यूजिल्याण्डबीचको खेल बराबरीमा


WORLD CUP 2010२ असार, दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबलको बुधबार विहान सम्पन्न उत्तर कोरियाविरुद्धको खेलमा ब्राजिल विजय भएको छ । प्रतियोगिता अन्तर्गत पछिल्लो खेलमा कमजोर रक्षापंक्तिको फाईदा उठाउँदै ब्राजिलले २-१ गोल अन्तरले जित हात पार्‍यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको तीन वटै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५५औं मिनेटमा ब्राजिलका माईकोनले पहिलो गोल गर्दै अग्रता दिलाए । पढ्नेक्रम जारी राख्नुहोस्