कम उमेरमै जवान


teen-girl22एजेन्सी, लण्डन । बैज्ञानिकहरुको दावीअनुसार बालिकाहरु ११ को सट्टा ९वर्षकै उमेरमा यौवनको पूर्णता प्राप्त गरिरहेका छन् । यसको कारण मोटोपना वा खाद्य पदार्थमा रहेको रासायनिक असर हुन सक्दछ ।

द सण्डे टाइम्सका अनुसार एक हजार बालिकाहरुमा गरिएको शोधका अनुसार उनीहरुको वक्षस्थलको विकास औषतः ९ वर्ष १० महिनाबाटै हुन लाग्दछ । बैज्ञानिकहरुले चेतावनी दिएका छन् कि कम उमेरका बालिकाहरु यौन परिवर्तनसँग तालमेल राख्न सक्दैनन् ’cause यसक्रममा उनीहरु प्राथमिक विद्यालयहरुमा पढिरहेका हुन्छन् । यस्ता परिवर्तनबाट उनीहरुमा दीर्घकालमा स्तन क्यान्सर विकसित हुने खतरा रहन्छ ।

कोपनहेगन युनिभर्सिटीका एन्डर्स जुलले भने, हामी यो थाहा पाएर हैरान भयौ कि सामान्यतः १५ वर्षको अवधिमा यसप्रकारको परिवर्तन आयो । हामी यसका लागि जिम्मेवार कारणहरुका विषयलाई लिएर चिन्तित हुनु आवश्यक छ । यो स्पष्ट संकेत हो कि हाम्रा बच्चाहरुलाई कुनै चिजले प्रभावित गरिरहेको छ। फेरि चाहे त्यो जंक फुड होस् वा पर्यावरणमा मिसिएको रसायन होस् वा शारीरिक श्रमको कमी । शोधकर्ताहरु अब बालिकाहरुको रक्त र मुत्रको नमूना लिइरहेका छन् ताकि थाहा होस् कि के कम उमेरमा परिवक्वता र ‘बाइसफेनोल ए’ का बीच कुनै सम्बन्ध त छैन ? ‘बाइफेनोल ए’ टिनको बाक्सा र दुध खुवाउन प्रयोग गरिने बोतलमा पाइने प्लास्टिक हो ।

बैज्ञानिकहरुका अनुसार चाँडै यौवनारम्भका पछाडि एउटा अर्को कारण आहार पनि हुन सक्दछ। आजको पिंढीका बच्चाहरु आफ्नो अघिल्लो पिंढीको तुलनामा बढी खाइरहेका छन् जसबाट मोटोपनको शिकार भइरहेका छन् । यो अन्य कारणका लागि पनि जिम्मेवार छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.