एसएलसीको स्मरण एल्बममा


काठमाडौं/ पाँचथरका टिकेन्द्र शिवाकोटी पाश्र्व गायन र कन्सर्टमा आफ्नो भविष्य देख्छन् । तिम्रो सुर मेरो गीत, साउथ एसियन स्टार नेपाल, बागिनाजस्ता सांगीतिक प्रतियोगिताबाट आफूलाई चिनाइसकेका उनै टिकेन्द्र पहिलो एल्बम ‘चाँदनी’का साथ व्यावसायिक रूपमा सांगीतिक फाँटमा प्रवेश गरेका छन् । आधुनिक, पप र रक गीतहरूको मिश्रण रहेको उक्त एल्बमलाई पहिलोपटक अनुराग म्युजिक कम्पनीले बजारमा ल्याएको हो । उनी विश्वकप फुटबलको उद्घाटनका दिन नेपाली फुटबल खेलाडीबाट एल्बम विमोचन गर्न चाहन्थे । तर, खेलाडीले व्यस्तताका कारण समय दिन नसकेपछि उनले आफ्नो एल्बम विमोचन सोही दिन कमलादी गणेश मन्दिरमा संगीत गुरु र म्युजिक कम्पनीका साथीहरूको उपस्थितिमा गराए । ‘हरि खड्कासँग समय मागेको थिएँ,’ टिकेन्द्रले भने, ‘उहाँको समय नमिलेपछि मन्दिरमा एउटा सिडी चढाएर विमोचन गरेँ ।’ मैया सुनकेसरी मैया, जे माग्यौ, तिर्सना, एसएलसी, धनभन्दा, चोट र जहाँ भए पनि गीत समाविष्ट एल्बमको एउटा गीतमा टिकेन्द्रलाई गायिका दुर्गा खरेलले साथ दिएकी छिन् । दुर्गालाल श्रेष्ठ, दीपक बिहीन, भूपेन्द्र खड्का, प्रकाश तिम्सिना र अर्जुन पोखरेलको शब्द समेटेको उनको एल्बममा न्हु बज्राचार्य, राजु सिंह, सचिन सिंह, श्याम सुन्दर, प्रकाश तिम्सिना, राम सिटौला र अर्जुन पोखरेलको संगीत छ । एल्बमबाट मैया सुनकेसरी मैया गीतको म्युजिक भिडियो तयार भइसकेको छ भने एसएलसी गीतको म्युजिक भिडियो गोल्डेनगेट क्याम्पसको आर्थिक सहयोगमा बन्दै छ । ‘एसएलसी पास हुँदा ममा जुन खुसी र उमंग छाएको थियो त्यसैलाई गीतमा उतारेको हुँ,’ टिकेन्द्रले भने, ‘एसएलसी गीतको म्युजिक भिडियो टेलिभिजनमा बज्न थालेपछि लगानी त सिआरबिटीबाटै उठ्छजस्तो लाग्छ ।’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.