काठमाडौं, असार १- वैदेशिक रोजगार व्यवसायीहरुले राहदानी अभावमा विदेशबाट आएका मागअनुरुप कामदार पठाउन सकेका छैनन्। सरकारले माग गरेको भोली पल्ट राहदानी दिने घोषणा गरेको छ। तर, जिल्लाहरुबाट वितरण नहुँदा विगतमा जस्तै सर्वसाधारण राहदानी लिन वञ्चित छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/06/2010
राजीनामा नदिए माओवादीले अधिवेशन चल्न नदिने
काठमाडौं, तीन दलबीच जेठ १४ गते भएको तीनबुँदे सहमति कार्यान्वयन नभएका कारण संविधानसभा र वर्षे अधिवेशन पनि प्रभावित हुन थालेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमतिका आधारमा यथाशीघ्र तीनबुँदे सहमति कार्यान्वयन गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी तीव्र दबाब दिनुभएको छ भने माओवादीले पहिले राजीनामा नदिए वर्षे अधिवेशन चल्न नदिने चेतावनी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एसएलसीको स्मरण एल्बममा
काठमाडौं/ पाँचथरका टिकेन्द्र शिवाकोटी पाश्र्व गायन र कन्सर्टमा आफ्नो भविष्य देख्छन् । तिम्रो सुर मेरो गीत, साउथ एसियन स्टार नेपाल, बागिनाजस्ता सांगीतिक प्रतियोगिताबाट आफूलाई चिनाइसकेका उनै टिकेन्द्र पहिलो एल्बम ‘चाँदनी’का साथ व्यावसायिक रूपमा सांगीतिक फाँटमा प्रवेश गरेका छन् । आधुनिक, पप र रक गीतहरूको मिश्रण रहेको उक्त एल्बमलाई पहिलोपटक अनुराग म्युजिक कम्पनीले बजारमा ल्याएको हो । उनी विश्वकप फुटबलको उद्घाटनका दिन नेपाली फुटबल खेलाडीबाट एल्बम विमोचन गर्न चाहन्थे । तर, खेलाडीले व्यस्तताका कारण समय दिन नसकेपछि उनले आफ्नो एल्बम विमोचन सोही दिन कमलादी गणेश मन्दिरमा संगीत गुरु र म्युजिक कम्पनीका साथीहरूको उपस्थितिमा गराए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
म खुला किताब हुँ -गायिका निशा सुनार
‘म खुला किताब हुँ, जसले पल्टाए पनि हुन्छ’, गायिका निशा सुनारले यो वाक्य टुङ्ग्याउन नपाई थपिन्- ‘मनमा पाप छैन, त्यसैले मेरो जीवन खुला किताबझैं छ ।’ स्वीम सुटको फोटोसुटले उदार भएको देखाउँछ नि ? उनले भनिन्- ‘जति आवश्यक छ, त्यति उदार छु, स्वीमिङ पुलमा फोटो सुट गर्ने भनेपछि चौबन्दी चोलोमा सजिएर भएन क्यारे ! पढ्नेक्रम जारी राख्नुहोस्
विश्वकपमा झिङ्गा भन्केको जस्तो आवाज किन ?
विश्वकपका खेलहरु हेर्ने गर्नुभएको छ भने पक्कै याद गर्नुभएको हुनुपर्छ, खेल हुँदै गर्दा झिङ्गा भन्केको जस्तो भुँSSSS आवाज आएको आयै गर्छ । कतिपय बेला त कमेन्ट्री पनि सुन्न पाइन्न । मैदानको आवाजको त कुरै छाडौँ, कमेन्टेटरको आवाजलाई समेत दबाई दिन्छ यो आवाजले । एकोहोरो भूँSSSS भूँSSSS!!! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
कम उमेरमै जवान
एजेन्सी, लण्डन । बैज्ञानिकहरुको दावीअनुसार बालिकाहरु ११ को सट्टा ९वर्षकै उमेरमा यौवनको पूर्णता प्राप्त गरिरहेका छन् । यसको कारण मोटोपना वा खाद्य पदार्थमा रहेको रासायनिक असर हुन सक्दछ ।
द सण्डे टाइम्सका अनुसार एक हजार बालिकाहरुमा गरिएको शोधका अनुसार उनीहरुको वक्षस्थलको विकास औषतः ९ वर्ष १० महिनाबाटै हुन लाग्दछ । बैज्ञानिकहरुले चेतावनी दिएका छन् कि कम उमेरका बालिकाहरु यौन परिवर्तनसँग तालमेल राख्न सक्दैनन् पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन