मङ्गल ग्रहमा समुद्र


मङ्गल ग्रहमा कुनै समय विशाल समुद्र रहेको प्रमाणहरू पाइएको छ । अमेरिकी वैज्ञानिकहरूले सञ्चालन गरिरहेको एउटा भू-वैज्ञानिक मानचित्र परियोजनाले मङ्गल ग्रहको हेलास प्लान्टिया नामक क्षेत्रमा फेलापारेको एउटा विशाल खाडलले त्यसको सङ्केत गरेको हो । आफूहरूलाई प्राप्त तथ्यका आधारमा अनुसन्धानकर्ताहरूले दुई हजार किलोमिटर चौडा र आठ किलोमिटर गहिरो त्यो खाडल साढे तीनदेखि साढे चार अर्ब वर्ष पहिले त्यहाँ समुद्र रहेको पुष्टि हुने बताएका छन् ।

केही वैज्ञानिक मङ्गल ग्रहमा जीवनका लागि पृथ्वीमा भन्दा बढी अनुकूल परिस्थिति रहेको मान्दछन् । टस्कनका प्लानेटरी साइन्स इन्स्टिच्युटका वैज्ञानिक डा. लैस्ली ब्लिमास्टर भन्नुहुन्छ- मङ्गल ग्रहको नोचियन कालमा त्यहाँ यस्ता विशाल समुद्र थिए । मङ्गल ग्रहको यस क्षेत्रको थप अध्ययनबाट त्यहाँको पानी कहाँ गयो र जलवायु परिवर्तन कसरी भयो भन्ने केही ठोस सङ्केतहरू पाउन सकिन्छ ।

नासाको मार्सपाथ फाइन्डर अभियानमा कार्यरत वैज्ञानिक डा. अमिताभ घोष भन्नुहुन्छ- पृथ्वीमा भइरहेको गि्रन हाउस ग्यासको समस्यालाई हेर्दा यस्तै (मङ्गल ग्रहको पानी हराए जस्तै) अवस्था कुनै समय पृथ्वीमा पनि सिर्जना हुनसक्छ । शुक्र ग्रहमा पनि गि्रन हाउस प्रभाव छ । कुनैबेला शुक्र ग्रहमा पनि पृथ्वीमा जस्तै समुद्र थियो तर तापक्रम बढेका कारण त्यहाँको पानी वाफ बनेर उड्यो । त्यहाँ (शुक्रमा) चुम्बकीय क्षेत्र नभएकाले हाइड्रोजन ग्यास सौर मण्डलको हावासँगै अन्तरिक्षमा गयो । तर यस्तो किन भयो भन्ने जान्नका लागि मङ्गल र शुक्र जस्ता ग्रहको अध्ययन गर्नु निकै जरुरी छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वाइकिङ आर्बिटर, मार्स ग्लोबल सर्भेयर र मार्स ओडिसीमा रहेका अनेकन उपकरणका सहायताबाट यो मानचित्र बनाउन सकिएको हो ।

Source : BBC

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.