जर्मनी, घाना र स्लोभानियाको विजयी सुरुवात


३१ जेठ, दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबल अन्तर्गत गएराति भएका खेलहरुमा जर्मनी, घाना र स्लोभानियाले विजयी सुरुवात गरेका छन् । तीनपटकको बिश्वबिजेता जर्मनीले यस संस्करणको आफ्नो पहिलो खेलमा एसीयाली राष्ट्र अस्ट्रेलियालाई चार-शून्य गोल अन्तरले पराजित गर्‍यो ।

खेलमा एकतर्फी रुपमा हाबी भएको जर्मनीले आठौं मिनेटमा लुकास पोडोलस्कीको गोलमा अग्रता लिएको हो । यस्तै पहिलो हाफको सत्ताइसौं मिनेटमा मिरोस्लाब क्लोजले गोल गरेपछि जर्मनीले दुई-शून्यको अग्रता लियो ।

अस्ट्रेलियाले गोल गर्ने केही राम्रा अवसर गुमाएको थियो । हल सिटीका मिडफिल्डर समेत रहेका अस्ट्रेलियाका रिचार्ड गार्सीयाले गोलपोस्ट नजिकैबाट गरेको प्रहार जर्मनीका कप्तान फिलीप लाहमले रोकेका थिए । तर ५६औं मिनेटमा अस्ट्रेलियाको आशाको केन्द्र टिम कालिहलाई बिपक्षी खेलाडीलाई फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएपछि अष्ट्रेलिया १० खेलाडीमा सिमित भयो ।

जर्मनीले त्यसको भरपुर फाइदा लिंदा थप २ गोल दर्ता गर्न सफल भयो । ६८औं मिनेटमा थोमल मुलरले अर्को गोल गरे । खेलको अन्त्यतिर मैदान छिरेका काकाऔले जर्मनीका लागि अर्को गोल थप्दै टिमलाई ४-० गोलको फराकिलो अन्तरले जित हात पार्दै समुह ‘डि’ मा तीन अंक जोड्न सफल भयो ।

यस्तै गएराति नै भएको खेलमा समुह ‘डी’मा रहेको अफि्रकी राष्ट्र घानाले १० खेलाडीमा सिमित सर्वियामाथी १-० को रोमाञ्चक जित दर्ता गर्‍यो । उत्कृष्ट लयमा मैदान उत्रिएका दुबै टोलीबीच पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफमा दुबै टोली आक्रामक रुपममा मैदान उत्रीए । दक्षीण अफ्रिकी मैदानमा खेल भएका कारण पनि घानालाई अफ्रिकी समर्थकको ठूलो समर्थन थियो । दोस्रो हाफको मध्यतिर १० खेलाडीमा सिमित सर्वियाका डिफेन्डरले डिबक्स भित्र हेण्ड गर्दा घानाले पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्‍यो ।

यस्तै हिँजो साँझ भएको खेलमा समुह ‘सी’ मा रहेको स्लोभानियाले अल्जेरीयामाथी एक-शून्यको ऐतिहासीक जित हात पार्‍यो । उनासीऔं मिनेटमा कप्तान रोवर्ट कोरेनले बीस यार्डबाट गरेको प्रहारले गोलको दिशा लिदा स्लोभानियाले समुह सी को शिर्ष स्थानमा रहन सफल भयो ।

Sabhar : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.