डाक्टरको घरमा घरेलु वालमजदुरको रहस्यमय मृत्यु


दिपक ज्ञवाली, बुटवल, २०६७ जेष्ठ ३१ । बुटवलमा एक डाक्टरको घरमा घरेलु कामदारका रुपमा राखिएका एक बालकको रहस्यमय मृत्यु भएको छ । प्रतिष्ठित ब्यक्तिहरुका घरमा घरेलु कामदार बनाईएका बालबालिकाहरुले चर्को यातना पाउने गरेका घटनाहरु सार्वजनिक भईरहेकै बेला आईतबार बुटवलमा त्यस्तो घटना भएको हो । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा सर्जनका रुपमा कार्यरत डा. रमेशमान सिंहको घरमा १४ बर्षीय बालक सुबास चौधरीको रहस्यमय मृत्यु भएको हो ।

मृतकका आफन्तहरुले डाक्टरका घरमा चर्को यातनाबाट बालकको हत्या भएको दाबी गरेकाछन् भने डाक्टर परिवारले बालकले झुण्डिएर आत्महत्या गरेको जिकिर गरेकाछन ।
बुटवल सुख्खानगर कुसुमपथस्थित डाक्टर सिंहको घरको माथिल्लो तलामा आईतबार सांझपख बालक सुवास मृत अबस्थामा फेला परेका थिए ।

मृतक बालककी आमा बिष्णु चौधरीले यसअघि पनि डाक्टर परिवारले आफ्नो छोरालाई चर्को यातना दिएको जनाउदै यातनाबाटै छोराको मृत्यु भएको बताईन । उनले छोरालाई डाक्टर परिवारले पहिले पहिले पनि यातना दिने गरेको,बाहिर निस्कन र आफूहरुसंग भेट्न समेत नदिने गरेको बताईन ।

ईलाका प्रहरी कार्यलय बुटवललका डिएसपी दानबहादुर कार्कीले घटनाको प्रकृति हेर्दा बालकले झुण्डिएर आत्महत्या गरेको देखिएको बताए । उनले थप अनुसन्धान जारी रहेको पनि बताए । ‘घांटीको दाग र रसीको डामले झुण्डिएको लाग्छ ’-उनले बताए । प्रहरीले डा.सिंहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको समेत जनाएको छ । सुवास रुपन्देहीको आनन्दवन गाबिस १२ नम्बरका हुन । उनी बिगत एक बर्षदेखि डा.सिंहको घरमा काम गर्दै आएकाथिए । उनले बुटवलको सिद्धेश्वरी माबिमा कक्षा ४ मा पढ्दथे ।

मृतकको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । मृतककी आमा बिष्णुले सञ्चारकर्मीहरुसंग बिलौना गर्दै न्यायका लागि सहयोग गर्न आग्रह गरिन । घटनाको केही समयपछि स्थानीयबासी र पीडित परिबारले डा.सिंहको घर घेराउ गरेकाथिए । तर प्रहरी परिचालनपछि तत्कालका लागि स्थिति सामान्य भएकोथियो । प्रहरीले मृतकका आफन्तलाई समेत नियन्त्रणमा लिएपनि लगत्तै छाडेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.