Daily Archives: 14/06/2010

डाक्टरको घरमा घरेलु वालमजदुरको रहस्यमय मृत्यु


दिपक ज्ञवाली, बुटवल, २०६७ जेष्ठ ३१ । बुटवलमा एक डाक्टरको घरमा घरेलु कामदारका रुपमा राखिएका एक बालकको रहस्यमय मृत्यु भएको छ । प्रतिष्ठित ब्यक्तिहरुका घरमा घरेलु कामदार बनाईएका बालबालिकाहरुले चर्को यातना पाउने गरेका घटनाहरु सार्वजनिक भईरहेकै बेला आईतबार बुटवलमा त्यस्तो घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बेकामे भए सभासद्


टंक पन्त, (काठमाडौं), निर्धारित समयमा संविधान निर्माण नभएपछि जनताकै दबाबमा संविधानसभाको म्याद थप गरिए पनि संविधान निर्माणतर्फ दलहरुको ध्यान जान सकेको छैन।
(((- दुई सातासम्म बस्न सकेन बैठक, – फेरि पनि संविधान नबन्ने डर ))) पढ्नेक्रम जारी राख्नुहोस्

घानाका खेलाडीले यौनसम्पर्क राख्न नपाउने


जोहानसबर्ग, – घानाका राष्ट्रिय फुटबल टोलीका सदस्यलाई विश्वकप सम्पन्न नहुँदासम्म यौन सम्पर्क राख्नबाट मनाही गरिएको छ। ‘घाना फुटबल संघ (जिएफए) ले सबै खेलाडीमाथि विश्वकप अवधिभर यौनसम्पर्क राख्नबाट कडाइका साथ प्रतिबन्ध लगाएको छ,’ जिएफए प्रवक्ता रेन्डी अब्बेले लन्डनबाट रेडियो अन्तर्वार्तामा भने। खेलाडीलाई आफ्ना कोठामा महिला आगन्तुकलाई बोलाउने स्वीकृति नदिइएको जिएफएले बतायो। पढ्नेक्रम जारी राख्नुहोस्

असार ४ भित्र मेरो विकल्प खोज्नुस् : प्रधानमन्त्री नेपाल


काठमाडौं, जेठ ३१,  प्रधानमन्त्री माधवकुमार नेपालले असार ४ गतेसम्म आफ्नो विकल्प खोज्न सत्तासीन गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन्। त्यहीकारण संसदको बजेट अधिवेशन आह्वान गर्ने प्रक्रिया विलम्ब हुन पुगेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मङ्गल ग्रहमा समुद्र


मङ्गल ग्रहमा कुनै समय विशाल समुद्र रहेको प्रमाणहरू पाइएको छ । अमेरिकी वैज्ञानिकहरूले सञ्चालन गरिरहेको एउटा भू-वैज्ञानिक मानचित्र परियोजनाले मङ्गल ग्रहको हेलास प्लान्टिया नामक क्षेत्रमा फेलापारेको एउटा विशाल खाडलले त्यसको सङ्केत गरेको हो । आफूहरूलाई प्राप्त तथ्यका आधारमा अनुसन्धानकर्ताहरूले दुई हजार किलोमिटर चौडा र आठ किलोमिटर गहिरो त्यो खाडल पढ्नेक्रम जारी राख्नुहोस्

जर्मनी, घाना र स्लोभानियाको विजयी सुरुवात


३१ जेठ, दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबल अन्तर्गत गएराति भएका खेलहरुमा जर्मनी, घाना र स्लोभानियाले विजयी सुरुवात गरेका छन् । तीनपटकको बिश्वबिजेता जर्मनीले यस संस्करणको आफ्नो पहिलो खेलमा एसीयाली राष्ट्र अस्ट्रेलियालाई चार-शून्य गोल अन्तरले पराजित गर्‍यो ।

खेलमा एकतर्फी रुपमा हाबी भएको जर्मनीले आठौं मिनेटमा लुकास पोडोलस्कीको गोलमा अग्रता लिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्