Daily Archives: 13/06/2010

राजेन्द्र बिरहीको एकल प्रस्तुति (जून २०१०)


“साह्रै राम्री रैछौ रननी” बोलको आफ्नै गिती एल्बमबाट सफलता हाँसिल गरेका लोक गायक राजेन्द्र बिरहीको एकल साँस्कृतिक प्रस्तुति ११ जून २०१० शुक्रवारको दिन, कुवेतको एसिया-एसिया होटलमा सम्पन्न भएको छ । बिरही एकल प्रस्तुतिका केही झलकहरु फोटोमा…  पढ्नेक्रम जारी राख्नुहोस्

पञ्चायत गयो, गा’छैन, आयो अथवा आउँदैछ ?‏


रामकुमार श्रेष्ठ, Ashford UK

नाताबाद, कृपाबाद, अन्याय, अत्याचार, भ्रस्टाचार, दुराचार, फरियाबाद, तानाशाही ब्यबस्था जस्ता भएभरका राजनैतिक नकारात्मक बिशेषणहरुद्धारा बिभूषित पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिन्छ कि भन्ने आशा स्बाभाबिक थियो, तर अधिकांश प्रायः राजनीतिकर्मीहरुले बिस्तारै बिस्तारै राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन पढ्नेक्रम जारी राख्नुहोस्

फ्रीडा पिन्टोले दिइन् पहिलो सेक्स सिन


freida-immortals

 एजेन्सी, स्मलडग मिलियनेयरबाट चर्चामा आएकी अभिनेतृ फ्रीडा पिन्टोले पहिलो पटक अन्तरङ्ग दृष्य दिएकी छन् । समाचारअनुसार तारसेम सिंहको चलचित्र इम्पोर्टलमा उनले केही यौन दृष्य दिएकी हुन् ।

यो चलचित्र ग्रीक धार्मिक कथामा आधारित छ । यस विषयमा चलचित्र निर्देशकले भने-यो पहिलो पटक हो पिन्टोले यसरी यस प्रकारको दृष्य दिएको । पढ्नेक्रम जारी राख्नुहोस्

महिलालाई बलात्कारबाट बचाउने कण्डम


Anti-rape-condom1एजेन्सी, दक्षिण अफ्रीकामा विश्वकप फुटबल प्रतियोगिताका क्रममा एक जना डाक्टर भने महिलाहरुका लागि ३० हजार एन्टी रेप कण्डम फ्रीमा वितरण गरिरहेकी छन् । महिलाहरुका लागि विशेषरुपमा तयार गरिएको यो कण्डमको नाम रेपएक्स राखिएको छ ।

रेपएक्समा स-साना हुक्स लागेको छ, जुन रेपको अवस्थामा रेपिस्टको अंगमा फस्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिका र ईङल्याण्ड दुवै टीमले एक/एक गोल गरे


April 12, अमेरिका र ईङल्याण्डबीच भएको खेलको पहिलो हाफसम्ममा दुवै टीमले एक एक गोल गरेका छन् । खेल शुरु भएको ३ मिनेट ५५ सेकेण्ड मै ईङल्याण्डका तर्फबाट जर्सी नम्बर ४ का गेरार्डले अमेरिकी टीमतर्फ पहिलो गोल गरेका थिए । यो खेलमा दोस्रो गोलको लागि ईङल्याण्डले अमेरिकाविरुद्ध निकै दवावपूर्ण खेल खेले पनि ३९ मिनेट ४४ सेकेण्डमा अमेरिकी टीमका तर्फबाट जर्सी नम्बर ८ का क्लिन्ट डेम्सीले ईङल्याण्डतर्फ एक गोल गरी खेललाई बराबरीमा पुरयाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अर्जेन्टिनाद्धारा नाइजेरिया पराजित


दक्षिण अफ्रिकामा भइरहेको विश्व कप फुटबलको चौथो खेलमा अर्जेन्टिनाले नाइजेरियालाई १-० ले पराजित गरेको छ । खेल शुरु भएको पाँच मिनेटमै अजेन्टिनाले नाइजेरियाविरुद्ध एक गोल गरेको थियो । उक्त गोल फर्काउन नाइजेरियाले निकै दवावपूर्ण खेल खेले पनि असफल रहयो । अर्जेन्टिनाले पनि थप गोलको लागि निकै दवाव दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

दक्षिण कोरियाको विजयी सुरुवात


phpThumb_generated_thumbnailjpg२९ जेठ, काठमाडौं । दक्षिण कोरियाले विश्वकप फुटबलको १९ औं संस्करणमा विजयी सुरुवात गरेको छ । साथै १९ औं संस्करणमा दक्षिण अफ्रिका पहिलो विजयी टोली बन्न सफल भएको छ । यसअघि गएराति भएको उदघाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिकोले एक/एक गोलको बराबरी खेलेका थिए भने केपटाउनमा भएको दोस्रो खेलमा फ्रान्स र उरुग्वेले गोलरहित बराबरी खेलेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्