Daily Archives: 12/06/2010

नेपालकुवेत साँस्कृतिक मञ्चद्वारा खेलाडी संरक्षण कोषमा रकम हस्तान्तरण


जय आले, कुवेत

गत १६ अप्रिल २०१० मा नेपालकुवेत साँस्कृतिक मञ्च एवं युनिटी लाईफ जन जागृति टिम कुवेतको संयुक्त आयोजनामा भव्य सम्पन्न नेपाली साँस्कृतिक कार्यक्रमबाट हुन आएको कुल मुनाफा रकमको ५ % (प्रतिशत) रकम, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको स्वामित्वमा संचालित खेलाडी संरक्षण कोषमा जम्मा हुने गरी नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष श्री मनु मगर ज्यूले उक्त रकम ११ जून २०१० को दिन, लोक गायक राजेन्द्र बिरहीको एकल प्रस्तुतिको अवसर पारी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष श्री किरण पौड्याल ज्यूलाई हस्तान्तरण गर्नु भयो ।  पढ्नेक्रम जारी राख्नुहोस्

सिक्लेस गाँउको परिचय


समुद्री सतहदेखी २००० मिटरमाथि अन्नपूर्णको काखमा रहेको नेपालको सबैभन्दा ठुलो गुरुङ गाउँ सिक्लेस हो र यहाँ गुरुङ्हरुको घनाबस्ती करिब सातसय कुरे रहेको छ ।

Situated in the Southern Slope of Annapurna Himalayan Ranges, at an altitude of 2000 meters above seas level, Sikles is the largest Gurung village in Nepal. पढ्नेक्रम जारी राख्नुहोस्

१२ वर्षिया बालिका सहित तीनको मृत्यु


बस दुर्घटनामा १० घाइते-
पाल्पा, जेठ २९ – पाल्पाको गिठापौवामा भएको ट्याक्टर दुर्घटनामा परी एक १२ वर्षिया बालिका सहित तीन जनाको मृत्यु भएको छ। सदरमुकाम तानसेनदेखि करिब ४० किलोमिटर टाढा भएको दुर्घटनामा एक प्रहरी भने ज्यान जोगाउन सफल रहे। मृत्यु हुने अन्यमा चालक र सहचालक रहेका छन्। लु १ त ७५२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १२ वर्षिया अनिता बराल, चालक लोकबहादुर अर्गाली र सहचालक शंकर पाण्डेको निधन भएको हो। चौथो यात्री भोजराज रास्कोटी भने हामफालेर बच्न सफल भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

बदलाको योजनामा नाइजेरिया


जोहानसबर्ग/ विश्वकप फुटबलमा लगातार दुईपटक अर्जेन्टिनासँग मात खाएको नाइजेरिया शनिबार जोहानसबर्गको एलिस पार्क रंगशालामा हुने समूह ‘बी’ को पहिलो खेलमा विगतका हारको बदला लिन आतुर छ ।नाइजेरियाका सुपर इगल्सले १९९४ को विश्वकपमा दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनासँग २-१ को हार बेहोरेको थियो । त्यसको आठ वर्षपछि अल्बिसेलेस्टेको एक मात्र गोलका कारण पश्चिम अफ्रीकी मुलुकले अर्को हार बेहोरेको थियो पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा राजेन्द्र बिरहीको एकल प्रस्तुती सफलतापूर्वक सम्पन्न


जय आले, कुवेत

मानिसले जब यस धर्तिमा पाईला टेक्छ उसले आफ्नो संस्कृति र सामाजिक परिवेशलाई सौगात स्वरुप अंगाली सकेको हुन्छ । ऊ जहाँ जान्छ आफ्नो धर्म, संस्कृती, अस्तित्व र लैंगिक पहिचान साथमै लिएर गएको हुन्छ । उसको रगत, वंशज र राष्ट्रियताको नाता जहाँ गए पनी प्रफुष्ट्न भएर रहन्छ । आफ्नो वंशज र लैंगिक प्रचलनको उपभोग गर्नु गराउनु उसको नैसर्गिक अधिकार भित्र पर्ने कुरा हुन । आफ्नो परम्परा, संस्कृति र इतिहासलाई सम्मान गर्नु उसको जीबन धर्म पनि हो । आज यिनै बिभूषणका ज्वलन्त उदाहरण बन्न सफल भएका छन चर्चित लोक गायक राजेन्द्र बिरही, वर्तमान परिप्रेक्षमा जसको नाम नै एक पहिचान बन्न पुगेको छ कुवेतवासी नेपाली समाजमा । पढ्नेक्रम जारी राख्नुहोस्