काठमाडौं , जेष्ठ २८ – दक्षिण अफ्रिकाको जोहानेशबर्गमा शुक्रबारदेखि सुरु भएको १९ औं विश्वकपको पहिलो गोल आयोजकले नै मेक्स्किको माथि गरेको छ । ९४ हजार दर्शक क्षमताको सकर सिटी रंगशालामा भएको उदघाटन खेलमा दक्षिण अफ्रिकाले ५५ औं मिनेटमा घरेलु मैदानमा १९ औं विश्वकपको पहिलो गोल लगाएको हो । खेलको समाप्ति १ – १ गोलको बराबरी मा भएको छ ।