निकै लामो अन्तरालपछि अभिनेतृ मनिषा कोइराला ठुलो पर्दाको चलचित्रमा देखा पर्ने भएकी छन् । उनको नयाँ चलचित्र एक सेकेन्ड यही ११ जुनबाट रिलिज हुन लागेको छ । चलचित्र निर्देशक पार्थो घोषसँग मनिषाले अग्निसाक्षी र युगपुरुषजस्ता फिल्ममा काम गरेकी छन् । मनिषाका अनुसार यही कारण पार्थोले उनलाई यो चलचित्रमा काम गर्न प्रस्ताव गरेका थिए र मनिषाले पनि स्वीकार गरेकी थिइन् ।
यो चलचित्र रिलिज हुन केही ढिलाई भएको छ। मनिषाले यतिधेरै मेहनत, पैसा र समय लगाएर फिल्म बनाए पनि कुनै कारणले रिलिज हुन ढिलाई भएकोमा दुःख व्यक्त गरेकी छन् । मनिषाले यो चलचित्र दर्शकले मन पराउने आशासमेत व्यक्त गरेकी छन् । मनिषाले हिन्दी चलचित्रबाट टाढा हुनुलाई कुनै भाषा भन्दा पनि आफूले चलचित्रको कथालाई बढी महत्व दिने गरेको बताउँदै आफूले काम गरेका दक्षिण एसियाली चलचित्रहरु सबैको पटकथा र निर्देशक दुवै राम्रो रहेको उल्लेख गरिन् ।
मनिषा यतिबेला रिलिज हुन आफ्नो चलचित्रलाई लिएर मात्र उत्साहित छैनन् । अरु पनि केही कारण छन् जसबाट उनी निकै उत्साहित छन् । मनिषाको यसै महिनाको १९ तारिखका दिन विवाह हुन गइरहेको छ। मनिषाले आफ्नै मुलुक नेपालमा विवाह गर्दैछिन् । उनका अनुसार विवाहमा निकटका मित्रहरुले भाग लिने छन् त्यसलगत्तै उनले भारतको मुम्बईमा पनि विवाह पार्टी दिनेछिन् । धेरैतिर आशंका छन् के विवाहपछि पनि मनिषाले फिल्म खेल्ने छिन् त ? यस विषयमा मनिषाले आफू चलचित्र क्षेत्रलाई निकै प्रेम गर्ने भएकाले यो क्षेत्र विवाहपछि पनि नछोड्ने बताइन् ।
जवानीमा…… अब मर्ने बेलामा हरियो कांक्रो भने झै
namaskar maniksha didi tapaiko lagi dherai shubha kamana chha aunea dinma ramro hous bhani asha rakhchhu tapaiko subha bibaha &new films relises god bless
manihsa le ahile balla bihe garna khojeko (more then 40 age huda) manisha ji tapaile ta 20 age ko keta sanga bihe garnu parne ho.. balla amazing hunthiyo.. ”ma ta bhan6u {marne belama ghiu} khanale kehi pani hudaina manisha.. but, we love u. bcz ur nepali.
budhe pe main mazaa nahi hain Manisha. jawani chala gaya.. pese hain tyo sadhi bhi huna chiya. . chalyo .. (wish u all th best to ur new movies)